भैरहवा । रुपन्देहीमा जेठ महिनाको सुरुवात सँगै संक्रमितको संख्या घट्दै गएको छ । कोरोनाको दोस्रो लहरमा वैशाख यता सरदर ५ सयको हाराहारीमा दैनिक थपिएको संक्रमितको संख्या शनिबार १ सय ६७ मा झरेको छ ।
यता संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या पनि जेठ महिनाको सुरुवातदेखि बढ्दै गएकोले सक्रिय संक्रमितको संख्या पनि घटदै गएको छ । एक साता अघि ७ हजार एक सय सक्रिय संक्रमित रहेको रुपन्देहीमा आज घटेर ५ हजार १ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पताल र होम आइशोलशेनबाट ५ सय ५३१ जनाले कोरोना जितेका छन ।
पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । कार्यालयका कोभिड फोकल पर्सन केदारनाथ शाहका अनुसार ६ सय ४० जनाको विभिन्न ल्याबबाट पिसिआर परिक्षण गर्दा ७६ जना महिला र ९१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमणमा कमि आएकोले परिक्षण गराउनेको संख्यामा पनि कमि आएको छ । पिसिआर परिक्षण गरेको मध्ये २६प्रतिशतमा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बुटवलमा ४९ जनामा संक्रमण देखिएको छ, त्यसतै तिलोत्तमामा २९ जना, सिद्धार्थनगरमा २४ जना, सैनामैनामा ३१ जना, देवदहमा १० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यसैगरि ओमसतियामा ६, रोहिणीमा ४ जना, सियारी र गैडहवा गाँउपालिकामा ३–३ जना, , सुद्धोधनमा र मायादेवीमा २(२ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, कंचन, मर्चवारीमा र गैडहवा गाँउपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीको सम्मरीमाईमा भने आज संक्रमित थपिएका छैनन ।
त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा २ जना संक्रमितसँगै हाल सम्म कुल ३८८ जनाको मृत्यु भएको छ ।
कार्यालयका अनुसार हाल सम्म २४ हजार ८ सय ४८ जना संक्रमित जिल्लाभरि देखिएकोमा १९ हजार २ सय ६६ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ५ हजार १ सय ९४ जना मध्ये ३३६ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ४ हजार ८ सय ५८ जना होम आइशोलशनमा रहेका छन ।