Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कपिलवस्तुमा थप एक हप्ता निशेधाज्ञा गर्न सिफारिस


  • लुम्बिनी चिन्तन
  • जेठ ९, २०७८ आइतवार
  • 1.3K
    SHARES

कपिलवस्तुमा थप एक हप्ता निशेधाज्ञा गर्न सिफारिस

कपिलवस्तु । कपिलवस्तुमा थप एक हप्ता निशेधाज्ञा थपिएको छ । आज जिल्ला कोभिड १९ संकट व्यवस्था समितिको बैठकले थप एक हप्ताका लागि निशेधाज्ञा गर्न सिफारिस गरेको हो । थप एक साता लकडाउन गर्न सिफारिस आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि पहिलो चरण वैशाख २१ देखि ३१, दोस्रो चरण १ देखि बैशाख १० सम्म निशेधाज्ञा न गरिएको थियो । पछिल्लो दोस्रो पटक थप गरिएको निशेधाज्ञा यही १० गते राति १२ बजे गरिएको थियो ।आइतबार तेस्रो पटकका लागि थप गरिएको निशेधाज्ञा जेष्ठ १७ गते राति १२ बजेसम्म हुनेछ ।

अबको निशेधाज्ञा अहिलेको भन्दा थप कडा हुने डिसिसिएमसीले जनाएको छ । अब विहान ८ बजे देखि १० बजेसम्म बैंक तथा वित्तिय संस्था सञ्चालन गर्न पाइने छ । यस्तै विहान ७ बजेदेखि विहान १० बजेसम्म अति अत्याश्यकिय पसल सञ्चालन हुने छन् । हाल विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भैरहेका छन् ।

निषेधाज्ञामा अनुमति नलिने सवारी साधानलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्र पाणी पान्डेयले बताए । हाल कपिलवस्तुमा कुल सक्रमितको संख्या १३५२ पुगेको छ, भने मृतकको संख्या १५२ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएकाे छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार