भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध काठ बरामद गरेको छ । निषेधाज्ञाको अवज्ञा गर्दै मलमला सामुदायिक बन उपभोक्ताको क्षेत्रबाट ल्याउँदै गरेको अवस्थामा सैनामैना वडा न.५ बालापुरबाट अवैध चिरान काठ बरामद गरिएको हो । लु १ च ८२१३ नम्बरको बोलेरो जिपबाट करिब ३३ पिस चिरान काठ र संग्लन दुई जनालाई पक्राउ गरि सैनामैना सब डिभिजन कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दीएकाे छ ।
काठ तस्करमा पक्राउ पर्नेमा सैनामैना वडा न.५ बालापुर बस्ने वर्ष ३८का दिनेश थारु,सैनामैना वडा न.४ मुर्गिया बस्ने वर्ष ३१का विष्णु थापा रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सालको चिरान काठ ३७ क्यूफिट रहेको छ, जस्काे बजार मुल्य अनुमानित १ लाख ७० हजार पर्ने छ ।
यस्तै,रुपन्देहीको मर्चवारी स्थित पिप्रहवाबाट ट्याक्टरमा सिसैको काठ ल्याउँदै गरेको अवस्थामा कार्यालयले बरामद गरेको छ । लु ३ प ८६८४ नम्बरको ट्याकक्टरमा अवैध रुपमा ल्याएको ६३ वटा गुलिया सिसैका काठ बरामद गरिएको जिल्ला प्रहरी उपरिक्षक मनोज केसीले जानकारी दिए । एसपि केसीका अनुसार सो सिसैजातका काठको बजार मुल्य अनुमानित ८ लाख पर्न जाने बताएका छन् ।
सो कार्यमा पक्राउ पर्नेमा सिद्धार्थ नगरपालिका वडा न. ११ बस्ने रसुल मिया र कोटहीमाई वडा न.६ बस्ने जितेन्द्र यादव पक्राउ परेको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ सहित पक्राउ परेका व्यक्तीलाई कार्र्वाहीका लागी जिल्ला वन कार्यालय पठाइको छ ।