Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स युथ लेडीद्धारा भिम अस्पतालमा सहयोग


  • लुम्बिनी चिन्तन
  • जेठ १०, २०७८ सोमवार
  • 2.0K
    SHARES

लायन्स युथ लेडीद्धारा भिम अस्पतालमा सहयोग

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले आज भैरहवाको भिम अस्पताललाई ५० हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।

कोराना भाइरस कोभिड १९ को महामारी बढेको बेला अक्सिजनको अभावमा कसैको ज्यान नजाओस भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर खरिका लागि भन्दै सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।

 लेडी युथका इलेक्टेड प्रेसिडेन्ट तनु शर्मा कशौधनको नेतृत्वमा तथा कार्यक्रम संयोजक माया मल्लिकको संयोजकत्वमा सो सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

सहयोग रकमको चेक लिदै अस्पताल सन्चालक समिति अध्यक्ष नारायण प्रसाद भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो कार्यक्रममा लेडि युथका अध्यक्ष कशौधनले कार्यक्रममा हौसला प्रदान गर्ने नगर उपप्रमुख उमा काफ्ले,अस्पतालका मेसु डा.शकुन्तला गुप्तालाई प्रति पनि आभार व्यक्त गरेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार