Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मायादेवी फाउण्डेशनद्वारा भीम अस्पताललाई सहयोग


  • लुम्बिनी चिन्तन
  • जेठ १०, २०७८ सोमवार
  • 2.1K
    SHARES

मायादेवी फाउण्डेशनद्वारा भीम अस्पताललाई सहयोग

भैरहवा । मायादेवी च्यारिटेबल फाउण्डेशनले भीम अस्पताललाई सहयोग प्रदान गरेको छ ।
फाउण्डेशनले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि ५१ हजार रुपैयाँ र इन्फेक्सन न्युनिकरण गर्न कोभिड वार्डको लागि ४० थान मेडिकल बेडसिट र ३० थान मेडिकल गाउन प्रदान गरेको हो ।

भीम अस्पतालले छिटै नै अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाएकोले प्लान्ट स्थापना जस्तो महान अभियानमा फाउन्डेशनको पनि सहभागिता होस भन्ने उद्देश्यले नगद सहयोग प्रदान गरेको मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताए । फाउन्डेशनको सामाजिक काममा सधै साथ रहेको छ, यस्तथो महामारी साथ नहुने कुरै छैन हामीले अक्सिजन जडानमा सहयोग गर्नुका साथै अस्पतालमा अति आवश्यक वेडसिट र मे्डिकल गाउन पनि उपलब्ध गराएका छौ । विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई थप सहयोग गर्न पनि तयार रहेको अध्यक्ष रौनियारले बताए ।

185989410_157068429720283_3611715238066747192_n.jpg

अध्यक्ष रौनियारले आइतबार ५१ हजार रुपैयाँको चेक र अन्य सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.शकुन्तला गुप्तालाई संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् । 

सहयोग बुझदै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले महामारीको बेला मायादेवी च्यारिटेबल फाउण्डेशनको सहयोगी हातले अस्पताललाई धेरै उत्साहित बनाएको बताए । विरामीको उपचारमा चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मी दिनरात लागिपरेको उनले बताए । उनले विकास समितिको पहिलो बैठकले अक्सिजन प्लान्ट स्थापना, आइसीयू र भेन्टिलेटर थप्ने निर्णय गरेको बताए । 

फाउण्डेशनले समुदायमा राहत ,खाना ,वितरण ,लगाएत अन्य बिभिन्न मानवीय सेवालाई ट्रस्टका मध्यमद्वारा निरन्तरता दिंदै अाएकाे छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार