भैरहवा । निशुल्क खानेकुरा उपलब्ध गराउँदै आएको नेकपा माओवादी केन्द्रले शव व्यवस्थापनको काम पनि गरिरहेको छ ।
जेठ महिनाको सुरुवातसँगै भिम अस्पताल परिसरमा कोरोना संक्रमित र संक्रमितको परिवारलाई प्रतिरोधात्मक क्षमता बढाउने खाद्य पदार्थ उपलब्ध गराएको केन्द्रले सँगसँगै शव व्यवस्थापनको काम पनि गर्दै आएको हो ।
भिम अस्पतालमा उपचाररत बिरामी मध्ये मृत्युवरण गरेका बिपन्न, गरिब र असहाय परिवारको शव ब्यवस्थापन केन्द्रको टिमले गरेको छ । राजनितिक गतिविधीमा भन्दा अहिले देश विषम परिस्थितीमा रहेकोले मानवीयताको भावले समाजमा खाना वितरण गर्नुका साथै शव व्यवस्थापनको काम गरिरहेको केन्द्रका नगर इञ्चार्ज तथा रुपन्देही जिल्ला सचिवालय सदस्य डार्विन रोक्काले बताए ।
संक्रमितको उपचार हुदा सम्म परिवारका सदस्य सबै साथ हुने तर मृत्युवरण गरे पश्चात कोरोना सर्छ भनेर शवलाई नछुने, अस्पतालमै छोडेर जाने प्रवृति देखिएकोले मरेपछि कोरोना सर्दैन भन्ने सन्देश आम नागरिकमा दिन पनि शव व्यवस्थापनको काम गरेको बताए । संक्रमणहुदा स्वासप्रशवासको ड्रपलेटले संक्रमण फैलिने बढि जोखिम हुन्छ, संक्रमितको मृत्यु पछि भाइरस त्यसै पनि मरेर जाने भएकोले गलत सन्देशलाई चिर्न पनि यो कामको सुरुवात हामीले गरेको रोक्काले भने ।

रुपन्देहीको ५ वटै कोरोना अस्पताल र सबै आइशोलेशन सेन्टरमा रहेर मृत भएका संक्रमितहरुको शव व्यवस्थापन सेनाले गर्दै आएको छ तर संक्रमितको परिवारले आफ्नो संस्कार अनुसार स्वास्थ्य मापदण्डमा रहेर शव व्यवस्थापन गर्न पाउने प्रवाधान दिएको छ । केन्द्रले त्यस्ता संक्रमितहरुको शव व्यवस्थापन गर्ने गरेको छ, हामीले सबैको शव व्यवस्थापन गर्छौ तर अति विपन्न गरिब असहायको शव उनीहरुको धर्म संस्कृति अनुसार पुरै गर्छौ ।
शव व्यवस्थापन आफ्नै संस्कारले गर्ने इच्छा भए पनि आयस्रोतले स्वास्थ्य मापदण्डमा रहेर शव व्यवस्थापन गर्न नसक्नेहरुका लागि माओवादी केन्द्रले एम्बुलेन्स, पिपिई, दाउरा लगायतका सबै व्यवस्थापन गर्ने गरेको रुपन्देही जिल्ला सचिवालय सदस्य रोक्काले भने ।
केन्द्रले जेठ १ गतेदेखि अस्पतालमा आउने कोरोना संक्रमित र संक्रमितको परिवारलाई दैनिक रुपमा रोगसँग लड्न सहयोग पु¥याउने खाद्य बस्तु तातो पानी, बेसार पानी, ज्वानो पानी, अदुवाको झोल, दालको झोल, चिया, अण्डा वितरण गर्दै आएको छ । पछिल्लो समय बिपन्न, गरिब किसान र असहाय परिवारको शव व्यवस्थापनको समस्या रहेकोले सो को समाधान गर्न आफुहरु स्व्यम नै शवको शतगतमा लागेको रोक्काले भने ।
हामीले दैनिक रुपमा १ सय ५० जनालाई निशुल्क खानेकुरा बितरण गदैआएकोमा हिजोबाट शव व्यवस्थापनको काम पनि गरेका छौ । हिजो मात्रै ४ वटा शव स्थानीय घाटमा लगेर शतगत गरेको रोक्काले भने । पार्टीका सदस्य तथा शुभेच्छुकसँग सहयोग उठाएर यि काम गरिएको उनले भने ।