Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यस वर्षको बुद्धजयन्ती पनि पुजापाठमा सिमित


  • लुम्बिनी चिन्तन
  • जेठ १०, २०७८ सोमवार
  • 1.9K
    SHARES

यस वर्षको बुद्धजयन्ती पनि पुजापाठमा सिमित
सुनसान मायादेवी मन्दिर परिसर तस्विर : मनाेज क्षेत्री

भैरहवा । भव्य समारोहका बीच वर्षौ देखि मनाइदै आएको बुद्धजयन्ती यस वर्ष पनि सामान्य रुपमा मनाइने भएको छ ।
बुधबार परेको २५६५ औ बुद्धजयन्ती कोरोना महामारीका कारण गत वर्ष जस्तै २५६५ वटा दीप प्रज्वलन गरेर, परित्राण पाठ गरेर मनाईने भएको हो । विगतमा  राष्ट्रप्रमुख , विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना संक्रमणको कारण यस बर्ष पनि औपचारिक कार्यक्रम नभई पुजापाठमा सीमित हुने भएको हो ।

बन्दाबन्दीको कारण गत बर्ष पनि पुजा पाठ र सामन्य कार्यक्रम गरेर मनाइएको बुद्धजयन्ती यस बर्ष पनि पुजा पाठ, दीप प्रज्वलन गरेर सामन्य रुपमा मनाउने तयारी गरेको लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।
सदस्यसचिव शाक्यले,‘२५६५ औं बुद्धजयन्ती जेष्ठ १२ गते परेको छ । विगतका बर्षमा अन्तराष्ट्रिय सम्मेलन गरेर मनाइएको थियो भने गएको सालदेखि कोरोनाको कारण राम्ररी मनाउन पाइएको छैन । यस बर्ष पनि हामीले राम्रोसंग मनाउने तयारी थियो, तर कोरोना भाइरसको दोस्रो लहर देखिएपछि निषेधाज्ञाकोबीच बुद्धजयन्ती सामन्य रुपमा मनाउनुपर्ने अवस्था सृजना भएको छ ।  

DSCF5487.jpg

बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवि परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा सम्माननीय राष्ट्रप्रमुख, प्रधानमन्त्रीको सन्देश बाचन गर्ने र पुजापाठ गर्ने, परित्राण पाठ गर्ने र सांझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संझनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । शाक्यले भने 

कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाणा प्राप्ती होस् भनेर २५६५ वटा दीप प्रज्वलन गर्नेछौं  र संक्रमीतहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दै पुजापाठ हुन्छ । सिद्धार्थ गौतम बुद्धको जन्म बैशाख पुर्णिमाकै दिन भएको थियो । बुद्धत्व प्राप्त गरेको दिन पनि बैशाख पुर्णिमा नै रहेकोले यस दिनलाई नेपाल लगायत बौद्ध राष्टहरु भुटान, थाईल्याण्ड, म्यानमार लगायतले विशेष राजकीय सम्मानका साथ मनाउने गर्छन । नेपालमा भने वि.संं २००८ देखि बुद्धजयन्तीको दिन सार्वजनिक विदा दिन थालिएको हो ।

 


लुम्बिनी चिन्तन

थप समाचार