Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीको सैनामैनामा एक युवाको शव फेला


  • लुम्बिनी चिन्तन
  • जेठ १०, २०७८ सोमवार
  • 1.3K
    SHARES

रुपन्देहीको सैनामैनामा एक युवाको शव फेला

भैरहवा ।  रुपन्देहीको सैनामैना नगरपालिका -९ मा एक पुरुषको शव फेला परेको छ । सैनामैना–९ अन्तरगत पर्ने बनराह खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार अन्दाजी २५÷३० वर्षका ती युवाको विस्तृत विवरण खुल्न बाँकी रहेको  छ ।

 पानीमा घोप्टो अवस्थामा भएका उनको शरिरमा कुनै घाउ–चोट नभेटिएको तथा घटनाको प्रकृति हेर्दा २÷४ दिन अघिकै हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक रिजालले  जानकारी दिए ।

शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार