Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अर्घाखाँची सिमेन्टद्वारा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन


  • लुम्बिनी चिन्तन
  • जेठ १२, २०७८ बुधवार
  • 4.2K
    SHARES

अर्घाखाँची सिमेन्टद्वारा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन

भैरहवा । मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । अर्घाखाँची सिमेन्ट उद्योग प्रालिको सहयोगमा निर्मित उक्त भवनको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र उद्योगका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन । 

२०७७  साल माघ २२ गते  शिलान्यास भई लक्ष्य भन्दा २ महिना अगावै निर्माण भएको एक तल्ले स्वास्थ्य चौकी भवन कोभिड महामारीमा केही सहयोग होस भन्दै प्राथमिकताका साथ बनेको छ । बुधबार नवनिर्मित भवन उद्योगले सियारी गाँउपालिकालाई हस्तान्तरण गर्दै उद्घाटन गरिएको होे । 

_DSC1099.JPG

स्वास्थ्य चौकीको उद्घाटन गर्दै प्रमुख अतिथी मन्त्री श्रेष्ठले कोभिड माहमारीलाई सहज रुपमा नलिई सजगता अपनाउन आग्रह गरे, कोभिडलाई विना निजी क्षेत्रको सहकार्यमा जित्न नसकिने भएकोले यो सहकार्यले कोरोना महामारीलाई जित्नमा सहयोगी हुने विश्वास व्यक्त गरे  । तीनै तहको सरकार महामारी नियन्त्रणमा लागेको छ, महामारी नियन्त्रण गर्न निजी उद्योगी व्यवसायीक क्षेत्र पनि लाग्नु पर्छ । महामारीलाई नियन्त्रण गर्न परिक्षणको दायरा बढाउनुका साथै चेतना फैलाउन आवश्यक रहेको बताउदै मन्त्री श्रेष्ठले स्थानीय तहले भूमिका खेल्दै सहकार्य गर्न जरुरी रहेको बताए । अहिले सम्म नेपालमा रगत निशुल्क हुन सकेको छैन, रगतका लागि पनि अहिले ८ सय ५० रुपैया नेपालीहरुले तिर्नुपर्ने बाध्यता छ, पालिका र प्रदेशसरकार मिलेर रगत निशुल्क पाउने व्यवस्था गरिरहेको मन्त्री श्रेष्ठले बताए । 

1622024993699.jpg

स्वास्थ्य चौकी भवन निर्माण कर्ता तथा कार्यक्रममका विशिष्ट अतिथी अर्घाखाँची सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक राजेश अग्रवालले पुण्य दिन बुद्ध जयन्तीको अवसर पारेर भवनको उद्घाटन गरेको र भवनको आवश्यकता अनुसार थप तल्ला विस्तार गर्ने बताए । हामीले संरचना तयार गरेर गाँउपालिकालाई दिएका छौ आवश्यकता अनुसारको जनशक्तिको व्यव्सथापन गरी महामारीको समयमा केही भए पनि राहत हुने उनले बताए । हामीले १५० दिनमा बनाउने लक्ष्यका साथ सिलान्यास गरेका थियौ तर देशको अवस्था कोरोना माहमारीले यस्तो होला भन्ने कसैले सोचेको थिएन । महामारीको विषम परिस्थितीलाई नै मध्यनजर गर्दै लक्ष्यलाई सय दिनमा झारेर काम अगाडि बढाएकोमा एक सय दश दिनका दिन सफलता मिलेको प्रबन्ध निर्देशक अग्रवालले बताए । हामीले अस्पतालबाट २–४ जनालाई नै कोभिड माहमारीबाट बचाउन सके ठूलो काम हुन्छ भनेर नै प्राथमिकताका साथ कम्पनिको टिम यस्मा लागेको उनले बताए  । 

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य तुलसी चौधरी, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरी, सियारी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराई  लगायतले जटिल समयमा पनि स्वास्थ्य चौकी लक्ष्य भन्दा पहिलै निर्माण सम्पन्न गरेर सराहनिय काम गरेको बताए । प्रलिको उद्योग व्यवसायमा भन्दा पनि समाज क्षेत्रमा बढि योगदान रहेको, स्वास्थ्य चौकीबाट प्रदान हुने सेवा सदुपयोग गरेर यस क्षेत्रका नागरिक लाभान्वित हुने र गाँउपालिकाले यसलाई २५ वेड सम्मको अस्पतालको रुपमा बनाउने योजना गरेको उनीहरुले बताए  ।

_DSC1101.JPG

कार्यक्रमको समापन गर्दै गाँउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले अहिलेको विषम अवस्थामा यहाँको आवश्यकतालाई हेरेर स्थानीय प्रशासनको निर्देशन विपरित बाध्य भएर स्वास्थ्य चौकीको उद्घाटन गर्नु परेको बताए । स्वास्थ्य क्षेत्रको विकास भए समग्र क्षेत्रको विकास हुने हुँदा भवन बनाएर प्रदान गरेकोमा धन्यवाद दिदै स्वास्थ्य चौकीको व्यवस्थापन र संरक्षणका लागि सधै तत्पर रहने बताए । 

_DSC1107.JPG

उद्योगले सामाजिक उत्ररदयित्व अन्तर्गत रहेर यस क्षेको शिक्षा र स्वास्थ्यमा लागनी गर्दै आएको छ, सोही अनुरुप सियारीको वडा नम्बर २ स्थिती मैनहियामा स्वास्थ्य चौकी निर्माण गरीएको उद्योगका डेपुटी जनरल म्यानेजर कृष्ण पाण्डेले बताए । २२ सय वर्ग फिटमा निर्मित उक्त भवन भुकम्परहित, अपाङमैत्री छ, हाल करिब ७० लाखको लागतमा भवन निर्माण भएपनि यसलाई कम्पनि आवश्यकता अनुसार ३ तल्ला सम्म बनाउने योजना बनाएको पाण्डेले बताए । अहिले निर्मित भवन एक तल्लाको छ, ६ वटा कोठा, महिला पुरुषको छुट्टा छुट्टै शौचालय, बाथरुम छन् । स्वास्थ्य चौकीमा तत्काललाई १० बेड राखिएपनि  १५ बेडसम्मको विरामीको उपचार गर्न सकिने  गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कार्यक्रमकाे संचालन सरिता चाैधरीले गरेकी थिइन ।


लुम्बिनी चिन्तन

थप समाचार