भैरहवा । भिम अस्पतालमा निजीक्षेत्रबाट पनि सहयोग जुट्दै गएको छ । बुधबार अपताललाई सुन्दर प्लाईउडले नगद सहित विभिन्न सामाग्री प्रदान गरेको छ ।
भैरहवा क्षेत्रको प्रतिष्ठीत हार्डवेयर व्यवसायको प्रतिष्ठान सुन्दर्सले महामारीको बेला उपचाररत बिरामी सहजताका लागि २० थान मेडिकल बेड, बेडसिट र अक्सिजिन प्लान्टका लागि नगद एक लाख एक हजार प्रदान गरेका हुन । सुन्दर प्याईउड सेन्टर लुम्बिनीरोड तथा सुन्दर हार्डवेयर एण्ड प्लाईउड सेन्टर नारायणपथ मार्फत सामाजिक सेवा भावले कुल ४ लाख ४९ हजार ५ सय बराबरको सहयोग गरेको सञ्चालक जोगेन्द्र अग्रहरीले बताए ।
अग्रहरी र उनका परिवारले संयुक्त रुपमा अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
समाग्री बुझदै अध्यक्ष भण्डारीले अस्पतालमा निजी क्षेत्रले निकै साथ दिइरहेकोमा सबै प्रति आभारी रहेको बताए । अस्पतालको सेवामा कुनै पनि किसिमको कमि हुन नदिने गरी काम अघि बढाएका छौ, अस्पतालले महामारीको समयमा प्राय सबै सेवा निशुल्क गरेको अध्यक्ष भण्डारीले भने । अक्सिजनमा केही अभाव भए पनि आभियान मार्फत अस्पतालले छिटै नै अक्सिजन प्लान्ट जोड्ने प्रक्रिया अघि बढाएको, सरकारबाट पनि बजेट विनियोजन भएकोले तत्काल हाम्रो प्राथमिकता नै अक्सिजिन प्लान्ट रहेको उनले बताए ।
हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयको पनि उपस्थिती रहेको थियो ।