भैरहवा । रुपन्देहीमा बिहीबार ३सय ८८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । हटस्पट जिल्लाको रुपमा रहेको रुपन्देहीमा विगत १३ दिनदेखि संक्रमणको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लाका १४ वटा पालिकामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार मायादेवी र रोहिणी गाँउपलिका बाहेक सबै स्थानीय तहका गरि ४९ महिला र ६३ पुरुषमा संक्रमण पुष्टि भएको छ । जेठको सुरुवातसँगै दैनिक संक्रमीत हुनेको संख्या घट्दै गएको रकर्ड छ, जेठ १ गते ३ सय ६१ जना संक्रमित जिल्लामा थपिए पनि आज सो संख्या घटेर एक सय १२ पुगेको छ ।
कार्यालयले दिएको तथ्याङक अनुसार १२ सय ४३ जनाको पिसिआर परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लामा ७ जना संक्रमितको मृत्युसँगै हाल सम्म कुल ४०७ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमामा ३१ जनामा संक्रमण देखिएको छ । त्यसतै बुटवलमा २७, सिद्धार्थनगरमा २० , सैनामैनामा ८, सम्मरीमाईमा ५ सियारीमा ४, देवदह, कंचन, लुम्बिनी सास्कृतिक र शुद्धोधनमा ३–३ जना, ओमसतियामा २ जना गैडहवा, मर्चवारी, र कोटहीमाईमा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।
कार्यालयका अनुसार हाल सम्म २५ हजार ९ सय ५६ जना संक्रमित जिल्लाभरि देखिएकोमा २२ हजार १९ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ३ हजार ५ सय ३० जना मध्ये २५२ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ३ हजार २ सय ७२ जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ८५ प्रतिशत निको भएका, १४ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने १ प्रतिशत संक्रमितको मात्रै मृत्यु भएको छ ।