Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा २सय ९ जना संक्रमित थपिए, मर्चवार क्षेत्रमा शुन्य


  • लुम्बिनी चिन्तन
  • जेठ १४, २०७८ शुक्रवार
  • 1.2K
    SHARES

रुपन्देहीमा २सय ९ जना संक्रमित थपिए, मर्चवार क्षेत्रमा शुन्य

भैरहवा । रुपन्देहीमा शुक्रबार ३ सय ७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । रुपन्देहीमा पछिल्लो समय संक्रमितको संख्यामा कमि आउदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लाका १२ वटा पालिकाका २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार रुपन्देहीको मर्चवार क्षेत्रका ४ गाँउपालिका सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाँउपालिका बाहेक सबै पलिकामा संक्रमित थपिएका छन । आज  गरि जिल्लाभर ९१ महिला र ११८ पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न प्रयोगशालामा गएिको ६२१ आरटिपिसीआर परिक्षणबाट ३३ दशमलव ६५ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । संक्रमण न्युनिकरण र रोकथामका लागि वैशाख १६ गते देखि निषेधाज्ञा जारी भएपनि संक्रमण अझै सोचे अनुरुप नतिजा नआएकोले निषेधाज्ञा थपिने क्रम जारी छ । 

कार्यालयले दिएको तथ्याङक अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि बुटवल उपमहानगरपलिकामा ६६ जनामा संक्रमण देखिएको छ । त्यसतै सैनामैनामा ३८, तिलोत्तमामा ३७, सिद्धार्थनगर र देवदहमा १८–१८ जनामा संक्रमण पुष्टि भएको छ । 

लुम्बिनी सांस्कृतिक नागरपालिकामा ११, शुद्धोधनमा ७, कंचन र सियारीमा ५–५, रोहिणीमा २, ओमसतिया र गैडहवामा १–१ जना नयाँ संक्रमित थपिएका छन् । 

कार्यालयका अनुसार हाल सम्म २६ हजार १ सय ६५ जना संक्रमित जिल्लाभरि देखिएकोमा २२ हजार ३ सय ९२ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ३ हजार ३ सय ५८ जना मध्ये २५८ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ३ हजार १ सय  जना होम आइशोलशनमा रहेका छन । हाल सम्म जिल्लामा कुल मृतकको संख्या ४१५ पुगेको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार