Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा आइतबार ३सय ३ जना संक्रमण मुक्त, ५१ जना थपिए


  • लुम्बिनी चिन्तन
  • जेठ १६, २०७८ आइतवार
  • 1.1K
    SHARES

रुपन्देहीमा आइतबार ३सय ३ जना संक्रमण मुक्त, ५१ जना थपिए

भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३ सय १३ को पिसिआर परिक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा परिक्षण गर्नेका संख्यामा कमि सँगै संक्रमण संक्रमण दरमा पनि कमि आएको छ ।

गत आइतबार ५८० जनाको परिक्षण गर्दा ४२ प्रतिशत अर्थात २४९ जना संक्रमित देखिएता पनि आज आइतबार परिक्षणको १६ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । जिल्लामा निको हुने क्रम पनि बढेको छ, जेठ महिनाको सुरुवातसँगै संक्रमित भन्दा निको हुनेको संख्या बढि भएकोले जिल्लामा सक्रिय संक्रमितको रेकर्ड घट्दै गएको छ । आज मात्रै ३ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । पछिल्लो २४ घण्टामा मात्रै जिल्लाका १३ वटा पालिकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार कोटहीमाई, मायादेवी र मर्चवारी गाँउपालिका बाहेकका सबै स्थानीय तहमा संक्रमीत थपिएका छन । २६ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको छ । 
कार्यालयले दिएको तथ्याङक अनुसार जिल्लामा ५  जना संक्रमितको मृत्युसँगै हाल सम्म कुल ४२१ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि बुटवल उपमहानगरपालिकामा १० जनामा संक्रमण देखिएको छ । त्यसतै तिलोत्तमा ९, देवदहमा ७, सिद्धार्थनगरमा ६ , सैनामैनामा ५ र गैडहवामा ३ जनामा संक्रमण पुष्टि भएको छ । 

सियारी, ओमसतिया, लुम्बिनी सास्कृतिक नगरपालिका र शुद्धोधन गाँउपालिकामा २–२ जनामा, कंचन, सम्मरीमाई र रोहिणीमा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।  कार्यालयका अनुसार हाल सम्म २६ हजार ३ सय १९ जना संक्रमित जिल्लाभरि देखिएकोमा २३ हजार ६५ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित २ हजार ८ सय ३३ जना मध्ये २६८ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी २ हजार ५ सय ६५  जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ८८ प्रतिशत निको भएका, ११ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने १ प्रतिशत संक्रमितको मात्रै मृत्यु भएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार