Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा पछिल्लाे २४ घण्टामा १४७ संक्रमित थपिए


  • लुम्बिनी चिन्तन
  • जेठ १७, २०७८ सोमवार
  • 1.1K
    SHARES

रुपन्देहीमा पछिल्लाे २४ घण्टामा १४७ संक्रमित थपिए

भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा एक सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा पाँच सय ३८ जनाको आरटीपीसीआर परिक्षण गरिएको थियो । 

कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा १६ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । उनीहरुमध्ये दुई जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका हुन् । बाँकी १४ जनाको अघिल्ला दिनहरुमा मृत्यु भएपनि सोमबारमात्रै तथ्याङ्कमा समावेश गरिएको हो । 

ययोसँगै जिल्लामा हालसम्म चार सय ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबारसम्म जिल्लामा दुई हजार एक सय ३९ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । 

पछिल्लो पटक थपिनेमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका रहेका छन् । बुटवल र तिलोत्तमामा ३६-३६, सिद्धार्थनगरमा ९, सियारीमा ११, देवदहमा १९, गैडहवामा २, मायादेवीमा ४, सैनामैनामा १०, ओमसतियामा ३, कञ्चनमा ३, रोहिणीमा १, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ६, शुद्धोधनमा ४ र सम्मरीमाईमा ३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्कमा छ  । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार