भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जनाको को पिसिआर परिक्षण गर्दा ५० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा परिक्षण गर्नेका संख्यामा कमि सँगै संक्रमण संक्रमण दरमा पनि कमि आएको छ । आज परिक्षणको ५ दशमलव ६ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ ।
जिल्लामा निको हुने क्रम पनि बढेको छ, जेठ महिनाको सुरुवातसँगै संक्रमित भन्दा निको हुनेको संख्या बढि भएकोले जिल्लामा सक्रिय संक्रमितको रेकर्ड घट्दै गएको छ । आज मात्रै ३ सय ६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । पछिल्लो २४ घण्टामा जिल्लाका १४ वटा पालिकामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार सियारी, गैडहवा, कोटहीमाइ र सम्मरीमाई गाँउपालिका बाहेकका सबै स्थानीय तहमा संक्रमीत थपिएका छन । २० ंमहिला र ३० पुरुषमा आज संक्रमण पुष्टि भएको छ ।
कार्यालयले दिएको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १ जना संक्रमितको मृत्युसँगै हाल सम्म कुल ४३८ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमा नगरपालिकामा ६ महिला र ७ पुरुष गरी १३ जनामा संक्रमण देखिएको छ । त्यसतै बुटवल र सिद्धार्थनगरमा ९–९, देवदहमा ५, मायादेवी, मर्चवारी, सैनामैना, र लुम्बिनी सास्कृतिक नगरपालिमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ओमसतियामा ३, कंचन रोहिणी र शुद्धोधन गाँउपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन् । कार्यालयका अनुसार हाल सम्म २६ हजार ५ सय ८१ जना संक्रमित जिल्लाभरि देखिएकोमा २४ हजार ३ सय २३ जना निको भइसकेका छन ।
यस्तै सक्रिय संक्रमित १ हजार ८ सय २० जना मध्ये २५८ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी १ हजार ५ सय ६२ जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९० प्रतिशत निको भएका, ८ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मात्रै मृत्यु भएको छ ।