भैरहवा। देशमा बलत्कारका घटनामा बृद्धि हुदै गईरहेपनि अपराधि पक्राउ पर्ने र कारवाहीको दायरामा ल्याउने काममा ढिला सुस्ती भएको भन्दै जनता समाजवादी पार्टी महिला महासंघ लुमिबनी प्रदेशले जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
महिला महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनेश्वरी चौधरीको नेतृत्वमा,लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष पाण्डे, कल्पना पाण्डे सहित जिल्ला प्रशासन पुगेको महिलाहरुको समुहले निर्मला हत्याकाण्डको अपराधी पत्ता लगाउन सरकार असफल भएको भन्दै भागरथीको बलत्कार पछि भएको निर्मम हत्याका दोष उम्कने त्रास बढेको भन्दै यसप्रति गृह मन्त्रालयको ध्यानाकर्षण गराए । ज्ञापन पत्र बुझाउदै महिला महासंघले सरकारले देशका विभिन्न ठाउंमा भएका बलत्कारका घटनामा संलग्न अपराधी पत्ता लगाएर कानुनी कारवाही गर्नमा उदासिनता देखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रदेश सभा सदस्य कल्पना पाण्डेले चेतावनी दिनुभयो । बाईटस,, “निर्मला बलत्कार पछि हत्याकाण्ड प्रकरणका अपराधिहरु सजाय नपाउंदै फेरी त्यस्तै कलिलो उमेरमै बलतकारको शिकार भई निर्मम र अश्लिल तरीकाले हत्या भएको घटनाले हामीलाई गम्भिर बनाएको छ । विज्ञप्तीमा उल्लेख छ ।” ज्ञापनपत्र बुझ्दै प्रमुख जिलला अधिकारी पिताम्बर घिमिरेले अपराधिलाई कानुनी दायरामा ल्याउन रुपन्देही प्रहरी कटीवद्ध रहेको भन्दै ज्ञापन सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्धता जनाउनु भयो । सो अवसरमा संविधान सभा सदस्य सिमा कौशल, महिला महासंघका केन्द्रिय सदस्य मधु सिंह,विमला विक,रविना भण्डारी,सरिता श्रीवास्तव,शत्रुधन राजभर,विवेक पाण्डे,विद्यायन्चल यादव,पुर्व अध्यक्ष महेन्द्र यादव लगायतको सरभागिता थियो ।