Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राप्रपाद्वारा सुद्धोधन र ओमसतियामा स्वास्थ्य सामग्री हस्तान्तरण 


  • लुम्बिनी चिन्तन
  • जेठ १९, २०७८ बुधवार
  • 886
    SHARES

राप्रपाद्वारा सुद्धोधन र ओमसतियामा स्वास्थ्य सामग्री हस्तान्तरण 

भैरहवा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रुपन्देहीले सुद्धोधन र ओमसतिया स्थित कोरोना आइशोलेशन सेन्टरमा स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गरेको छ । 

बुधबार सुद्धोधन गाँउपालिकाले स्थापना गरेको आइशोलेशन सेन्टरमा पिपिई किट, फेस सिल्ड, मास्क, स्प्रे सेनिटाइजर, च्यवनप्राश र पिउने पानी हस्तान्तरण गरिएको हो । 

राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष प्रेम नारायण थारु, उपाध्यक्ष डा. अमित चतुर्बेदी, जिल्ला सदस्य युवारजा अधिकारी, युवक अध्यक्ष शंकर खत्री, प्रदेश ३ ख का अध्यक्ष क्यापटन प्रेम कुवर, युवा नेता उमापति बरइ, कोषाध्यक्ष मानबहादुर रसाइली, सह सचिव शंकर कार्की, सुद्धोधन गाँउपालिका अध्यष पुष्प थारु, महिला नेतृ माया रोक्का, नेता सुनिल आचार्य वेग घिमिरे लगायतको उपस्थितीमा अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको पार्टीका रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।
त्यस्तै बुधबारनै राप्रपाले ओमसतिया गाउँपालिका, वडा नम्बर ४ बसन्तपुरस्थित कोभिड आइसोलेशन सेन्टरलाई पनि स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय कार्यसम्पादन समिति सदस्य ताहिर अलिको विशेष उपस्थितीमा सेन्टरलाई पीपीई किट, फेस शिल्ड, मास्क, स्प्रे सेनेटाइजर, च्यवनप्राश, मिनिरल वाटर लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा राप्रपा ओमसतिया गाउँपालिकाका अध्यक्ष अर्जुन घिमिरे , प्रदेश समिति १ (ख) अध्यक्ष आशिष चौधरी, जिल्ला सदस्य नाजिर अलि, ओमसतिया वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बराल, युवा नेताहरु प्रदिप  घिमिरे, शाहरुख पठान, छबिलाल पौडेल, कमर आलम, आइसोलेशन सेन्टरका इञ्चार्ज तथा  स्वास्थ्यकर्मीको उपस्तिथि रहेको थियो ।

राप्रपा रुपन्देहीले जिल्लाका विभिन्न कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टरमा स्वास्थ्य सामग्री तथा पौष्टिक आहार वितरण गर्दै आएको छ ।


  • सम्बन्धित विषय:

  • # राप्रपा

  • लुम्बिनी चिन्तन

    थप समाचार