Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राहतको पोको बोकेर स्कुले विध्यार्थी पिडीतका घर घरमा


  • लुम्बिनी चिन्तन
  • जेठ २०, २०७८ बिहिवार
  • 966
    SHARES

राहतको पोको बोकेर स्कुले विध्यार्थी पिडीतका घर घरमा

कृष्ण अन्जान ज्ञवाली/ गुल्मी । मन र इच्छाशक्ति भए मानविय कार्यमा जुट्न उमेरले छेक्दैन । यतिबेला रुरुक्षेत्र गाउँपालिकाका माध्यमिक शिक्षा पढ्दै गरेका भाइ बहिनी हरु गाउँ घरमा मानविय सेवामा खटिएका छन । रुरुक्षेत्र ४ को ज्ञवा बलेटक्सार माध्यमिक विध्यालयमा काक्षा १० मा पढ्ने रन्जित ज्ञवाली चामल दाल तेल बोकेर रुरुक्षेत्रका गाउँ घरका विपन्न वस्ति हरुमा दैनिक जसो पुग्नु हुन्छ । लक डाउन र यसले पारेको प्रभाव जुन वस्तिका समुदायमा छ त्यहाँका विपन्न परिवारका लागि खाद्दान्नको जोहो गर्ने मानविय काममा रन्जित ज्ञवालीलाइ थकाइ लाग्दैन । यसै वर्ष रन्जित कै पहलमा स्थापित सरस्वती माता फाउण्डेशन बाँच र बचाऔँ को अभियान लिएर शुरु गरिएको हो ।

सरस्वती माता फाउन्डेसन रुरुक्षेत्र ४ का  रन्जित ज्ञवालीकाे सँयोजक्तव सँगै यो अभियानमा उनि संगै धेरै विध्यार्थी हरु खटेका छन ।
नया भेरियन्ट सहितको कोरोनाको कहर र यसबाट सबै क्षेत्र प्रभावित छ ।त्यसमा पनि गाउँ घरका चुल्हा बल्न समेत छाडेको महसुस गरेपछि सरस्वती माता फाउन्डेशनका भाइ बहिनी हरुको मनमा जागेको मानवियताका कारण आर्थिक अभावले विहान साँझको छाकको जोहो गर्न नसकेका हरुलाइ राहत पुगेको छ ।

सामान्य रोजि रोटि गरेर परिवारको जीवन यापन गर्ने हरुको जीवन अत्यन्तै कष्टकर बनेको  सरस्वति माता  फाउन्डेशनका सदस्य प्रवेश ज्ञवालीले बताए । मान्छे जसरी पनि बाँच्नु पर्छ, दुख पिडामा परेका हरु प्रतिको पिडाबोध सबैलाइ कहाँ हुन्छ र ?उनले भने
सरस्वती माता फाउण्डेशनले समाजमा विपन्नताको जीवन बिताइ रहेका र कोभिडका कारण समस्यामा परेका रुरुक्षेत्र २ ग्वादिकि हरिकला अर्याल ,रुरुक्षेत्र ४ लामाखर्क कि सीता पल्ली रुरुक्षेत्र ४ कै टोपलि पल्लि रुरुक्षेत्र ५ का रुद्र बहादुर घर्ती रुरुक्षेत्र ३ सिँदुरेकि सरस्वति आले लगाएत दर्जनौ परिवारका आगन हरुमा राहतका पोका पुर्याएको मात्र छैन कि कसैलाई समस्या परे सम्पर्क राख्न समेत आग्रह गरेको छ ।

माध्यमिक तहमा अध्ययन गर्ने यी विध्यार्थी हरुले आफ्नै तहबाट खर्चको व्यवस्था गरेर शुरुवात गरेको यो प्रयासले निश्चय पनि सबैका लागि प्रेरणा जगाउने काम गरेको छ ।


  • सम्बन्धित विषय:

  • # गुल्मी

  • लुम्बिनी चिन्तन

    थप समाचार