Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

‘फूड बैंक’ मार्फत ४३७ घर परिवार खाधन्न वितरण (फाेटाेफिचर)


  • लुम्बिनी चिन्तन
  • जेठ २०, २०७८ बिहिवार
  • 2.3K
    SHARES

‘फूड बैंक’ मार्फत  ४३७ घर परिवार खाधन्न वितरण (फाेटाेफिचर)

भैरहवा । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले ( फूड बैक ) मार्फत निरन्तर राहत वितरण गर्दै अाएकाे छ । काेभिडकाे दाेस्राे लहरलाइ राेकथाम न्युनिकरण गर्न स्थानीय प्रशासनले जिल्ला भर बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी गरेकाे छ । निषेधाज्ञा बैशाख २७ गते देखि जारी घर दैलो खाद्यन्न वितरण जेठ २० गते सम्ममा ४३७ घर परिवार लाई खाधन्न वितरण गरेकाे संयोजक धर्म बिर शर्माले जानकारी दिए । 

1.jpg

निषेधाज्ञा जारी गरेपछि उद्योग, व्यवसाय कलकारखाना बन्द भएपछि फूड बैंक सञ्चालनमा ल्याइएको क्लबका अध्यक्ष हिरा बहादुर शाहले बताए । उनले उद्योग, व्यवसायी, संघ–संस्था तथा समाजसेवीहरूकाे सहकार्यबाट बैंकमार्फत सहयोग गरिरहेकाे बताए । 

2 (1).jpg

उद्योग, व्यवसाय तथा कलकारखाना बन्द भएपछि दैनिक ज्यालादारी मजदूर तथा विपन्न परिवार मर्कामा परेका छन्, यसैलाई मध्यनजर गर्दै खानाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका छाै क्लबका कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारीले भने ।  फूड बैंक वैशाख २७ गते लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार