Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रूपन्देहीमा मार्निङवाक र ईभिनिङ वाकमा समेत रोक, निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियाे (विस्तृत विज्ञप्तीमा )


  • लुम्बिनी चिन्तन
  • जेठ २०, २०७८ बिहिवार
  • 5.8K
    SHARES

रूपन्देहीमा मार्निङवाक र ईभिनिङ वाकमा समेत रोक,  निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियाे (विस्तृत विज्ञप्तीमा )

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि अवधि थप गरेको छ । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको आज बिहीबार बसेको बैठकले निषेधाज्ञा जेठ मसान्तसम्म थप्न सिफारिस गरेको थियो । जस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जेठ ३१ गत राती १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञालाई निरन्तरता दिएका हुन् । 

कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बैशाख १६ गतेदेखी रुपन्देहीमा निषेधाज्ञा लगाइएको छ ।

लकडाउनको समयमा औषधी उपचार तथा अत्यावश्यक काम बाहेक मार्निङवाक र ईभिनिङ वाकमा समेत रोक लगाइएको छ ।  वैठकले सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने, सबै प्रकारका पार्टी प्यालेस, सिनेमाहल, सेमिनार , तालिम, गोष्ठी सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, व्युटिपार्लर, स्विमिङ पुल, संग्राहलय, पुस्ताकालय, सामूहिक खेलकुद र जिमखाना बन्द गर्ने, हरेक बैकले १,१ जना प्रविधिक जनशक्तिबाट सेवा प्रदान गरी सम्पूर्ण बैक र वित्तिय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । 

त्यस्तै शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए ।

विस्तृत विज्ञप्तीमा 

1.jpg2.jpg3.jpg4.jpg5.jpg6.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार