Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुरुक्षेत्र गाउँ पालिकाकाे बम्घा क्षेत्र शिल


  • लुम्बिनी चिन्तन
  • जेठ २०, २०७८ बिहिवार
  • 1.9K
    SHARES

रुरुक्षेत्र गाउँ पालिकाकाे बम्घा क्षेत्र शिल

कृष्ण अन्जान/रुरु । नया भेरियन्ट सहितकाे काेभिड सँक्रमण बढेपछि रुरुक्षेत्र गाउँ पालिका वडा न ५ लाई विहीवार देखि शिल गर्ने गाउँपालिकाले निर्णय गरेकाे छ ।

विहिवार अपरानह १ बजे देखि जेठ २६ गते सम्म रुरु ५ का अाँटिपाटा छाम्दी र उल्लिखाेला बाहेकका क्षेत्र शिल गरिएकाे गाउँ पालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत क्षत्र बहादुर अधिकारी द्दारा जारी सुचनामा उल्लेख छ ।IMG_20210603_191701.jpg

यसक्षेत्रमा ३५ जनामा गरिएकाे पिसिअार चेकजाँचका क्रममा २२ जनामा काेराेना पाेजेटिभ देखिएकाे र सँक्रमित हरुकाे अवस्था सामान्य रहेपनि सँक्रमण अझै समुदायमा फैलनबाट राेक्न वडालाई शिल गरिएकाे गाउँ पालिकाकाे भनाई छ ।

यस अवधिमा अावस्यक नपरि घर बाहिर ननिस्कन स्वास्थ मापदण्डकाे पुर्ण पालना गर्न र अौषधि प्रयाेग गरिरहेका दिर्घ राेगि सुत्केरी हरुले अौषधि तथा स्वास्थ परामर्श का लागि रुरुक्षेत्र गाउँ पालिकामा सम्पर्क गर्न सकिने  सुचनामा उल्लेख छ ।

काेभिड सँक्रमणकाे विषम परिस्थितिलाई मध्य नजर वडालाई शिल गरिएकाे र सबैलाई उच्च मनाेबल बनाई राख्न समेत रुरुक्षेत्र गाउँ पालिकाले अाग्रह गरेका छ ।


  • सम्बन्धित विषय:

  • # गुल्मी

  • लुम्बिनी चिन्तन

    थप समाचार