Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवा विमानस्थलमा ६ वटा एरोव्रिज बन्ने


  • लुम्बिनी चिन्तन
  • जेठ २१, २०७८ शुक्रवार
  • 1.2K
    SHARES

भैरहवा विमानस्थलमा ६ वटा एरोव्रिज बन्ने

भैरहवा । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यानसेतु (एरोब्रिज) बन्ने भएको छ । निार्मणको अन्तिम चरणमा रहेको विमानस्थलमा अब बन्ने नयाँ दोस्रो टर्मिनल भवनमा ६ वटा एरोव्रिज रहने गरी डिजाइन गरिएको छ ।

टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल एरोब्रिज हो । भारतीय परामर्शदाताले विमानस्थलको नयाँ बन्ने टर्मिनल भवन रहने गरी डिजाइन गरेका छन । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा नयाँ टर्मिनल भवनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अगाडि बढाइएको छ ।

सरकारले बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ । विमानस्थलका लागि पर्याप्त बजेट छुट्टिएकाले अब छिट्टै बोलपत्र आह्वान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ नयाँ टर्मिनल भवन निर्माण हुनेछ ।

भारतीय परामर्शदाताले तयार गरेका ती डिजाइनबारे अध्ययन भइरहेको र छिट्टै नै स्वीकृत हुने र टेन्डर प्रक्रिया अघि बढ्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोच सरकारको रहेको महानिर्देशक पोखरेलले बताए । यानसेतु सुविधा भएको टर्मिनल भवन सम्भवतः नेपालमै पहिलो हुनेछ उनले भने ।
विमानस्थल आयोजनाका अनुसार दोस्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्नेछ । दोस्रो टर्मिनल भवन बनेपछि अहिलेको टर्मिनल भवन आन्तरिक टर्मिनल भवनमा परिणत हुनेछ ।

अहिले विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९६.५ प्रतिशत पुरा भएको छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसक्दा निम्तिएको कोभिड सङ्कटले प्राविधिक जनशक्ति आउन ढिलाइ हुँदा काममा केही बिलम्ब भएको आयोजना प्रमुख अधिकारीले बताए । अब अवस्था सहज भए दुई महिनाभित्रै विमानस्थल निर्माण सम्पन्न हुन्छ, उनले भने ।
राष्ट्रिय गौरवको यो आयोजनाको म्याद अहिलेसम्म छ पटक थपिएको छ । पछिल्लोपटक थप गरिएको म्याद आगामी जुन ३० सम्म छ । डिसेम्बरमा सकिएको अवधि छ महिनाका लागि थपिएको हो । अब लाइट जडान, फर्निचर, फल्स सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काम मात्रै बाँकी छ । अहिले पनि आयोजनास्थलमा नेपाली, भारतीय र चिनियाँ गरी सय जना कामदारले काम गरिरहेका छन् । अस्ट्रिया, अमेरिकालगायत मुलुकबाट प्राविधिक जनशक्ति नआउँदा पनि काममा ढिलाइ हुन पुगेको अधिकारीले बताए । अब थाइल्यान्डबाट विशेष विमान ल्याएर परीक्षण उडान गर्ने विषयमा पनि कुरा भइरहेको छ । 

१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात ६ अर्ब ८२ करोडको ६ अर्व ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैया ३२ पैसाको लगानीमा बन्दैछ । निर्माणधिन आइसिबी १ स्तरको विमानस्थल चिनिया कम्पनि नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ, आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ । याे समाचार अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।

 


थप समाचार