Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अर्घाखाँची सिमेन्ट द्वारा पत्रकारहरुलाई अक्सिमिटर र माक्स प्रदान


  • लुम्बिनी चिन्तन
  • जेठ २१, २०७८ शुक्रवार
  • 916
    SHARES

अर्घाखाँची सिमेन्ट द्वारा पत्रकारहरुलाई अक्सिमिटर र माक्स प्रदान

भैरहवा। अर्घाखाँची सिमेन्ट प्रालिले लुम्बिनी प्रेस क्लब, भैरहवामा आबद्ध पत्रकारहरुलाई अक्सिमिटर र माक्स सहयोग गरेको छ । उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल र सहायक महाप्रबन्धक कृष्ण पाण्डेले शुक्रबार क्लबमा आएर अध्यक्ष नरेश केसीलाई अक्सिमिटर र माक्स हस्तान्तरण गरेका हुन् ।

उद्योगले क्लबमा आबद्ध पत्रकारहरुका लागि ३८ थान अक्सिमिटर र ६ सय पिस केएन ९५ माक्स सहयोग गरेको हो । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटेर समाचार संकलन गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गरी अक्सिमिटर र माक्स सहयोग गरेको उद्योगका प्रबन्ध निर्देशक अग्रवालले बताए ।

‘हामी यहाँहरुसँग सधैं हातेमालो गरेर अघि बढीरहेका छौं, महामारीका बेला नागरिकलाई सही सूचना दिन र सूसुचित बनाउन पत्रकार जगत्को ठूलो भूमिका छ’, अग्रवालले भने, ‘विगतदेखि नै यस क्षेत्रका हरेक गतिविधिलाई यहाँहरुले प्राथमिकता दिनुभएको छ । यसलाई निरन्तरता दिनुहोला, हामी यहाँहरुसँग सधैं सहकार्य गर्ने छौं ।’

अग्रवालले महामारीबाट कसरी बँच्ने, सामाजिक दूरी कायम राख्नेबारे, रोग लागिहाले उपचार विधिबारे सबैलाई सही सूचना दिएर पत्रकारहरुले ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे । उनले फ्रन्टलाइनर पत्रकारहरुलाई सहयोग गर्ने अवसर प्रदान गरेको भन्दै क्लबलाई धन्यवाद दिए ।

प्रेस क्लबका अध्यक्ष केसीले सधैं समाजका लागि सही सूचना दिने र मार्गदर्शनमा टेवा पुर्याउँदै आएका पत्रकारहरुसँग महामारीका बेला हातेमालो गरेको भन्दै उद्योग र संचालकहरुप्रति आभार व्यक्त गरे । उनले हरेक परिस्थितिमा पनि पत्रकारहरुले जिउँज्यानको प्रवाह नगरी काम गरिरहेको जनाउँदै यस्ता सहयोग र सहकार्यले पत्रकारहरुलाई आफ्नो पेसाप्रति उत्तरदायी हुन थप टेवा पुग्ने जनाए ।

क्लबका निवर्तमान सल्लाहकार चेतन पन्तले क्लबको आग्रहलाई सहजै स्वीकार गरी यति ठूलो सहयोग गरेको भन्दै उद्योगलाई धन्यवाद ज्ञापन गरे । उनले विगतदेखि नै क्लबसँग उद्योगले सहकार्य गर्दै आएको जनाउँदै आउँदा दिनहरुमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।

क्लबले दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता आवश्यकताका आधारमा क्लबका सबै पत्रकारहरुलाई माक्स, सेनिटाइजर चाहिएजति उपलब्ध गराउँदै आएको महासचिव कमल रायमाझीले बताए । महामारीकाबीच क्लबले केही दिन अघि क्लबका सदस्यहरुलाई कोशेली भेटमार्फत् खाद्यान्न सहयोग, पानी तताउने केटल पनि उपलब्ध गराएको थियो । महासचिव रायमाझीले संघसंस्था, उद्योगी–व्यवसायीको सहकार्यमा क्लबले सहस्यहरुलाई सहयोग उपलब्ध गराउँदै आएको बताए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार