Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण


  • लुम्बिनी चिन्तन
  • जेठ २२, २०७८ शनिवार
  • 1.3K
    SHARES

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

भैरहवा ।  विश्व वातावरण दिवसको अवसरमा जेसिआई सिद्धार्थ नेपालले भैरहवामा बृक्षारोपण गरेको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा मनाइने यो दिवसको अवसरमा जेसिआई सिद्धार्थले सिद्धार्थनगर वडा नम्बर १२ देवकोटा चोक देखि पटवा वैंक्वट सम्मको ग्रिनरी क्षेत्रमा बिरुवा रोपण गरेको हो । 

वातावरण संरक्षणका साथै दीगो सुरक्षित भविष्यका लागि पनि जैविक विविधता संरक्षण आवश्यक रहेको बताउदै जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष गोपाल ज्ञवालीको नेतृत्वले सिद्धार्थनगर वार्ड नं १३ का जन प्रतिनिधि प्रकाश बहादुर खड्काको प्रमुख आथित्यतामा बृक्षारोपण गरेको हो । । वातावरणको संरक्षणको लागि वृक्षारोपण अपरिहार्य रहेकोले सामाजिक दुरि कायम गर्दै गरिएको कार्यक्रममा विभिन्न प्रजाति सय वटा विरुवा रोपियोको महासचिव सागर पोखरेलले जानकारी दिए ।

किशन कुमार पटवाको संयोजकत्वमा भएको कार्यक्रममा मनोज भण्डारीले आस्था पाठ, ऋषिराम पाण्डेयको संचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्षहरु, संचालक समितिका सदस्यहरु, सदस्य तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार