भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीले भिम अस्पताललाई नगद सहयोग गरेको छ ।
भैरहवा तथा यसको सेरोफेरोमा रहेका निजी विद्यालयहरुको छाता संगठन सामूहिक विद्यालय परिवारले भैरहवा स्थित भिम अस्पतालमा जडान हुन गइरहेको अक्सिजन प्लान्टमा परिवारको पनि सहभागिता होस भन्दै नगद पच्पन्न हजार पाँच रुपैया सहयोग गरेको हो ।
अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि अभियान नै संचालन गरेको छ, एक औपचारिक कार्यक्रमका वीच परिवारका अध्यक्ष मनोज कुमार यादवले भिम अस्पतालका अध्यक्ष श्री नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेन्ड श्री सकुन्तला गुप्तालाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन ।

सामूहिक विद्यालय परिवार,रुपन्देहीका सचिव चन्द्रप्रकाश न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष युवराज पोख्रेलले संस्थाको इतिहास र गतिविधिमाथि प्रकाश पारेका थिए भने अध्यक्ष यादवले भिम अस्पतालले गर्न खोजेको मानवीय कार्यमा हातेमालो गर्दै आगामी दिनहरुमा पनि आफूहरु अगाडि बढ्ने प्रतिबद्घता ब्यक्त गरे ।
सहयोग रकम ग्रहण गर्दै अस्पतालका अध्यक्ष भण्डारीले यहाँहरुको साथ र सहयोगले हामीमा ऊर्जा थपेको छ भन्दै सहयोग रकमलाई पूर्णरुपमा सदुपयोग गरिने आश्वासन दिए ।