Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कालिगण्डकी नदिमा कहिलेकाही मात्र भेटिन्छन लाेकल माछा


  • लुम्बिनी चिन्तन
  • जेठ २२, २०७८ शनिवार
  • 2.8K
    SHARES

कालिगण्डकी नदिमा कहिलेकाही मात्र भेटिन्छन लाेकल माछा

कृष्ण अन्जान /रुरु । वर्षा लागेसँगै कालिगण्डकी नदिकाे जलस्तर बढ्न थालेपछि विभिन्न प्रजातिका माछा छाेप्ने जलारी हरु नदिकाे तिरमा पुगि हाल्छन ।

एक हप्ता अगाडी यहि नदिकाे कुँडापानी तलकाे बगरमा साठी किलाेकाे गाँच स्थानिय हरुले भेटाएका छन । कालिगण्डकी मा पाइने माछा चिसाे पानीकाे हुनाले स्वादिष्ट हुने गरेकाे रिडी बजारका माछा पारखी अजित श्रेष्टले बताउनु हुन्छ । कालिगण्डकी परियाेजना निर्माण हुनु पुर्व कालिगण्डकीमा हिँउदमा पाइने जल कपुर याे क्षेत्रमा पाइने सबैभन्दा स्वादिष्ट माछा हाे ।

बल्छिमा दिनभरि मा दुई तीन किलाे मात्र सकिने याे माछा कालिगण्डकी परियाेजना निर्माण पछि नदिकाे जलस्तर घट्याे र जलकपुर पाउन छाडिएकाे अजित श्रेष्ठकाे भनाई छ । पछिल्लो पटक वर्षा याममा ठुलाे जातकाे गाेँच माछा कालगण्डकी नदिमा पाईने गरेकाे छ ।मुख्यतया धमिलाे पानीमा याे माछा मार्न सजिलाे हुने भएकाले जलारी हरु नदि धमिलिएपछि नदिका किनार तर्फ जाने गरेकाे रिडीका पत्रकार सुन्दर कसजुले बताउनु हुन्छ ।

कालिगण्डकी नदिमा पाईने गाेँच १ सय किलाे सम्मकाे भेटिने गरेकाे कसजुकाे भनाइ छ । त्यसाे त वर्षा मासमै कालिगण्डकी नदिमा सहर रेम जुँगे माछा पानी पाइन्छ तर बिगतकाे तुलनामा कम छ । यसै गरि रिडी खाेला क्षेत्रमा समेत विभिन्न प्रजाति का माछा पाइने गरेकाेमा केही वर्ष देखि अत्यधिक प्रदुषण र पानीमा फालिने अनेकौँ केमिकल युक्त फाेहरका कारण मुख्यतया मस्याैदि क्षेत्र देखि तल कुनै माछाका प्रजाती पाईन छाडिएकाे भनाई रिडी बासिकाे छ ।माछा त के याे क्षेत्रमा भ्यागुता र गँड्यौला समेत पाइन छाडेकाे धेरै वर्ष भई सकेकाे छ ।

कुनै जमाना थियाे रिडी खाेला र कालिगण्डकीमा पाईने माछा काे स्वाद लिन रिडीमा पारखी हरु अाउने गर्थे तर अाजभाेली स्थानीय माछाकाे ठाऊँमा भारत र नेपालका तराईका माछाले मार्केट लिने गरेकाे र सहज हुँदा भारतिय माछा व्यापारीकाे लर्काे रिडीमा लाग्ने गर्दछ ।


लुम्बिनी चिन्तन

थप समाचार