Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

धरिलो हतियार प्रयोग गरि लुम्बिनीमा हत्या


  • लुम्बिनी चिन्तन
  • जेठ २३, २०७८ आइतवार
  • 1.4K
    SHARES

धरिलो हतियार प्रयोग गरि  लुम्बिनीमा हत्या

लुम्बिनी । रूपन्देहीकाे लुम्बिनीमा एक ब्यक्तिको हत्या भएकाे छ । 

लुम्बिनी साँस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको शनिवार राति हत्या भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएकाे छ ।  प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियारकाे प्रयाेगबाट यादवकाे मृत्यु भएकाे  छ ।

तीन सन्तानका बाबू समेत रहेका यादवलाई हत्याराले गाँउको एक किलोमीटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियारबाट हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए  । मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको छ ।

मृतक यादव राती ११ बजेसम्म स्थानिय एकजनाको विहेमा रहेका थिए । अाइतबार विहान ७ बजे स्थानीय एक महिला काम गर्न खेतमा जाने क्रममा लास देखेकि थिइन । कृषक रहेका यादवले फाेन समेत  प्रयाेग नगर्ने भएकाेले घटनालाइ राती विहेमा रहेकाे अाधारलाइ वेस बनाएर अनुसन्धान भइरहेकाे डिएसपी थापाले बताए।

यादवकाे २ छाेरा र एक छाेरी छन ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार