Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पाल्पामा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो 


  • लुम्बिनी चिन्तन
  • जेठ २३, २०७८ आइतवार
  • 1.2K
    SHARES

पाल्पामा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो 

पाल्पा । पाल्पाको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार जेठ २४ गतेसम्म रहेको निषेधाज्ञा अवधि थप गरेर आगामि जेठ ३१ गतेसम्म लम्ब्याईएको छ । 

जिल्लामा हाल ८ सय ७१ जना सक्रिय सङक्रमितहरु रहेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पामा भएको बैठकले बन्द रहेका वाणिज्य तथा विकास बैँकहरू बिहान ७–१० सम्म खोल्ने निर्णय गरेको छ । यस्तै अत्यावश्यक दैनिक उपभोगका खाद्य सामाग्री बिहान ७ बजेदेखी १० बजेसम्म खुल्न दिने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेद्धारा जारी आदेशमा उल्लेख छ । 

यस्तै पाल्पामा कोभिड विरुद्धको खोप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ । खोप ६०–६४ वर्ष भनिएकोमा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको बताइएको छ ।
पाल्पा जिल्लामा कुल १३ हजार २ सय ६२ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ९ सय ९१ जना निको भएका छन् । जसमध्ये ३ हजार ९१ जना निको भई घर फर्केका छन् भने ८ सय ७१ जना सक्रिय सङक्रमितहरु रहेका छन् । जसमा ८ सय ११ जना होम आइसोलेसनमा रहेका, ६० जनाको अस्पतालमा उपचार भैरहेको र ५६ जनाको मृत्यु भएको कोभिड–१९ सङक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन समितिले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार