भैरहवा । रूपन्देहीमा कोभिड १९ विरुद्धको भेरोसेल खोप मंगलबारदेखी लगाइँदै छ । ६२ देखी ६४ वर्ष उमेर समुहका १४ हजार २ सय ५५ जनालाई खोप लगाइने तयारी रहेकाे स्वास्थय कार्यालय रूपन्देहीका प्रमुख राजेन्द्र गिरिले बताए ।
जिल्लाभरका ६९ वटा खोप केन्द्रबाट कोभिड विरुद्धको खोप लगाइने उनले बताए। जिल्लाका सबै पालिकामा गरि ६९ वटा केन्द्रबाट खोप लगाइन्छ, नागरिकता, उमेर खुल्ने कागजात वा वडाको सिफारिस लिएर आउनुपर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ । खाेपका लागि सबै तयारी पुरा भइसकेकाे छ । स्थानीय तहकाे स्वास्थ्य शाखासँग समन्वय गरी याे खाेप ताेकिएकाे खाेप केन्द्रबाट लगाइने छ ।
यस अघि पहिलो चरणमा स्वास्थ्यकर्मि, सुरक्षा कर्मी सरसफाइकर्मी, सञ्चारकर्मी लगायतलाई कोरोना विरुद्धको खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ वर्ष माथिकाले लगाएका थिए । यद्यपी उक्त खोपको दोस्रो डोज खोप अझै लगाउन पाएका छैनन्। तेस्रो चरणमा चिनबाट आएको भेरोसेल खोप मंगलबारदेखी लगाउन थालिएको हो ।