Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पत्रकार महासंघलाई आयुर्वेदिक औषधि 


  • लुम्बिनी चिन्तन
  • जेठ २४, २०७८ सोमवार
  • 2.2K
    SHARES

पत्रकार महासंघलाई आयुर्वेदिक औषधि 

बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीलाई आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको छ । पण्डित आयुर्वेद उद्योग र सुभास आयुर्वेद फर्म बुटवलको सहयोगमा प्राप्त रोग प्रतिरोधी क्षमता बढाउने औषधि योग अभियन्ता विष्णुहरि आचार्यले हस्तान्तरण गरेका हुन्।

एक कार्यक्रमका बिचमा नेपाल पत्रकार महासंघ रूपन्देहीको कार्यालयमा गरिएको हस्तान्तरण कार्यक्रममा रूपन्देही अध्यक्ष रामराज पोख्रेल, प्रदेश पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम, खड्का, उपाध्यक्ष विश्वास ढकाल, सचिव बिनोद परियार, कार्यसमिति सदस्य आचार्य प्रदीप लगायतको उपस्थिति रहेको थियो।

औषधी हस्तान्तरण गर्दै आचार्यले गुडूची, मुलेठी र त्रिकटु चुणर्बाट बनेको औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने बताए। उनले पछिल्लो समय आयुर्वेदको महत्व धेरै बढेको बताउँदै फ्रन्टलाईनर्सलाई नियमित सहयोग गर्दे आएको बताउँदै आगामी दिनमा पनि निरन्तर गर्दै जाने बताए। आचार्यले गरेको सहयोगमा ७० पिस औषधी र २ सय पिस मास्क रहेको छ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार