कृष्ण अन्जान / रुरु । पवित्र धार्मिक स्थल रुरुधामको फोहर व्यवस्थापन समस्या समाधान हुने भएको छ ।
लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयबाट डम्पिङ साईड निर्माणका लागि बजेट सुनिश्चत गरिए पछि फोहर व्यवस्थापनको समस्या समाधान हुने भएको हाे । लामो समय देखि पवित्र धार्मिक रुरुधामले झेल्दै आएको थियाे अहिले बजेट सुनिश्चत भएकाेले केही अाशा पलाएकाे छ रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले भने ।
रुरुधामको फोहोर व्यवस्थापनका बारेमा पटक पटक लुम्बिनी प्रदेश सरकारसँग हामिले छलफल परामर्श गरिरहेका थियौँ, भौतिक पुर्वाधार मन्त्री वैजनाथ चौधरीले पवित्र रुरुधामको फोहर व्यवस्थापनको समस्या लाई गम्भीरतापूर्वक लिँदै आवस्यक वजेट बिनियोजन गर्नु भएकाे छ । अब छिटै डम्पिङ साईड निर्माणको प्रक्रिया शुरु हुने अध्यक्ष गौतमले भने ।े
मन्त्रालय ले फोहोर व्यवस्थापन र डम्पिङ साईड निर्माणका लागि ८३ लाख बजेट व्यवस्थापन गरेको छ ।मुख्यतया रुरुधाममा पर्ने रिडीबजार क्षेत्रको फोहर मैलाको व्यवस्थापनमा अत्यधिक समस्या रहँदै आएको थियो । बजार क्षेत्रको फोहर फाल्ने ठाउँको रुपमा रिडीखोलाको छेउछाउँ र पुलमुनिको भागलाई फोहर फाल्ने ठाउँको रुपमा रिडीवासिले उपयोग गर्दै आइरहेका छन जस्को कारण रिडीखोलामा बग्ने पानी प्रदुषित बनेको छ । यहि प्रदुषित पानी कालिगण्डकी नदिमा मिसिने भएपछि रुरुधाममा आउने तिर्थालु हरुले नुहाउने कालिगण्डकी नदिको पानी समेत प्रदुषित बनेको छ ।
हुनत बिगतमा पनि रुरुक्षेत्रमा डम्पिङ साईड बनाउने प्रयास गरिएको हो तर समुदाय बिचमा समन्वयको अभाव ले बिनियोजित ७२ लाख बजेट फ्रिज भएको तितो सम्झना रिडी वासिको मनमा ताजै छ । रुरुक्षेत्र गाउँ पालिकाको साँखर क्षेत्रमा डम्पिङ साईड निर्माणको प्रकृया शुरु भइसकेको मा स्थानिय समुदाय सँग समन्वय हुन नसके पछि काम अगाडि बढेन र बजेट फ्रिज भयो ।
रिडीबजार क्षेत्रबाट करिब दुई किलोमिटर टाढा भट्कुवा क्षेत्रमा पर्ने साँखर जँगल क्षेत्र भएकाले डम्पिङ साईडका लागि उपयुक्त रहेको छ ।
बजार र गाउँ बाट समेत टाढा रहेकाले साँखर क्षेत्रमा रुरुधामको फोहर व्यवस्थापन गर्न आपसी समन्वय गरेर अगाडी बढ्न सके रुरुधामको फोहर व्यवस्थापन दिगो हुन सक्छ ।
समाचार प्रभाव # फाेहर व्यवस्थापनकाे समस्यासँग जुध्दै रुरुधाम , विष वग्छ पानीमा