Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा ४३८ पिसिआर परिक्षण, ६५ जनामा संक्रमण


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०७८ मंगलवार
  • 1.4K
    SHARES

रुपन्देहीमा ४३८ पिसिआर परिक्षण, ६५ जनामा संक्रमण

भैरहवा ।  रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४३८ जनाको पसिीआर परिक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको छ । 
हटस्पट जिल्लाको रुपमा रहेको रुपन्देहीमा बैशाख १६ गते देखि निषेधाज्ञा जारी भए पनि, दिनानुदिन संक्रमण थपिदै गएको छ । नया रेकर्ड बनाउदै आएको रुपन्देहीको संक्रमण भने अहिले घट्दो क्रममा । यो अवधिमा २९४ जना निको भएर घर फर्केका छन ।

पछिल्लो २४ घण्टामा ११ वटा पालिकाका ३२ महिला र ३३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोे छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या नौ सय ७० पुगेका छन् भने हालसम्म चार सय ५६ जना संक्रमितले ज्यान गुमाएका छन् । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार जिल्लाको सबै भन्दा बढि तिलोत्तमा १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवलमा १२, सिद्धार्थनगरमा ४, देवदहमा ८, सैनामैनामा ६ र लुम्बिनी सास्कृतिक नगरपालिकामा २ जनामा संक्रमित थपिएका छन । गाँउपालिक तर्फ कंचन, सियारी, गैडहवा र मायादेवीमा ३–३, ओमसतिया, सुद्धोधनमा २–२,  रोहिणी,कोटहीमाई, मर्चवारीमा १–१ जना नयाँ संक्रमित थपिएका छन् । 

हालसम्मका संक्रमितहरुमध्ये ९५ प्रतिशत निको भइसकेका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने जिल्लामा ३ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।  पछिल्लो हप्ता रुपन्देहीमा कोरोना संक्रमण केही घटेको पाइएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार