Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दौँघामा घरघरमा पानी 

दौँघा गाउँमा मै चिठी पठाम्ला तिम्रै नाउँमा 


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०७८ मंगलवार
  • 1.4K
    SHARES

दौँघामा घरघरमा पानी 

कृष्ण अन्जान / दौँघा ।

पानी बोक्ने पँधेर्नीको राँका हातै हात 
पानी नपाइ पँधेर्नी त रुन्छे मध्येरात । 

    जनकविकेशरी धर्मराज थापाले गुल्मीको दौँघा गाउँको फेँद गैरिखुट्टा मा रचेको र त्यहिँ गाएको गितको सम्झना गर्छन दौँघाका पाका अग्रज हरु ।
गाउँबाट करिव डेढ घण्टाको बाटो तय गरेर दौँघाका दाजुभाइ दिदी बहिनीले राँका बालेर पानी बोक्न झर्दाका पीडा सम्झिएर एक पटक दौँधाका पाका अग्रज लोक बहादुर ज्ञवाली टोलाउनु भयो ।
साह्रै दुख बेहोरियो दौँघाका पानीका दुखका कुरा गर्दा आँखा रसाउँछन लोक बहादुरले भन्नुभयो ।
उकालो निस्केर गाउँ पुग्दा लाग्छ दौँघा पहाडि उपत्यका हो ।सम्मो वारि बान्कि मिलेका घर विध्यालय वडा भवन मन्दिर खेल मैदान तर त्यहि ठाउँ जस्ले शताब्दियौँ देखि काकाकुलको नियति भोग्न बाध्य बन्यो ।
गाउँका पोखरी मा जमेको पानी पिएर त्यहाँका वासिन्दाले कति शताव्दी बिताए ।वर्षा मासको त्यहाँका पोखरीमा जम्मा भएको पानीका लागि पनि हारालुछ हुने गरेको सम्झना दौँघा गाउँका वासिन्दा लाई ताजै छ ।
यहि पीडा भित्र धर्मराज थापाले आफ्नो गितमा थप्नु भयो 

 दौँघा जेरी पोखरा नौधारा 
 काकाकुली कराउँछन बिचरा ।

 पानीकै दुखले दौँघा गाउँका युवालाइ छोरी दिन गाह्रो मानिन्थ्यो ।वास्तवमा त्यतिबेला छोरीलाइ दौँघा दिए छोरीले दुखपाउँछे भन्ने मान्यता थियो ।यहि पिडाले कति दौँघेली मधेश तिर झरे ।
पानीको यहि पीडा भित्र फिनिडाले वर्षको पानी सँकलन गर्ने घैँटोको निर्माण शुरु गरेपछि दौँघेली जनतामा कोहि आशाका किरण हरु पलाए ।फिनिडाका रमेश बोहरा जस्को सुझबुझ पुर्ण निर्णयले दौँघामा यस्ता घैँटा धेरै बने र फिनिडाका रमेश बोहरालाइ मायाले घैँटै बोहरा पनि भनियो ।वास्तवमा तिनै घैँटे बोहरानै दौँघामा आधुनिक पानीको व्यवस्थापन गर्ने अभियन्ता हुन भन्दा फरक पर्दैन ।
पटक पटक हुने निर्वाचनमा दौँघाको खानेपानी राजनैतिक पार्टीक एजेन्डा बने तर काम भएन ।
कुनै पनि कामका लागि समय आउन पर्दो रैछ त्यस्तै भो दौँघामा पनि ।
मुलुक सँघियतामा गयो स्थानिय प्रदेश र सँघिय निर्वाचन भए पछि दौँघेली जनताको खानेपानी को वर्षौँ देखिको सपना पूरा हुने भएको छ ।
पहिलो पटक यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा साँसद तथा लुम्बिनी प्रदेश  विशेषाधिकार समितिका सभापति समेत रहनु भएका कमल राज श्रेष्ठले नेपालकै सबैभन्दा पानीको दुख भएकै ठाउँ दौँघाको सिरानमा वडाकार्यालय अगाडी गाडिएको पानीको धारो खोलेर आफ्नै पहलमा ल्याइएको पानी धारैमा मुख जोडेर घट्घट्ति पिउँदा सपना जस्तै लागेको दौँघाका वडाध्यक्ष थम्मन बहादुर ज्ञवालीले प्रतिक्रिया दिनु भयो ।
सँघ प्रदेश र स्थानिय निकायको पहलमा निकाशा भएको करिब ६ करोडको लागतमा दुई किलोमिटर माथि लिफ्टिँग गरि तिनवटा टँकिमा रिजर्भ गरि ल्याइएको खोक्का मुहान लिफ्टिँग खानेपानी आयोजनाको  यो  पानिले क्षेत्रका करिव ५ सय ५० घर धुरीका हजारौं जनसंख्याको घाँटि एक घर एक धाराले  भिजाउने छ र सधै पानीको डोको बोक्दा टाउकामा बसेको दौँघेली दाजु भाइको डाम पनि  निको हुने  छ ।
यो लिफ्टिँग पानीले दौँघा क्षेत्रबाट पानीकै दुखले हुने पलाएन पनि रोकिने छ र फेरी बाँझै जमिन छाडेर जाने हरुपनि बेला बेलामा दौँघा आउने छन ।
पानीकै कारणले दौँघामा छोरी दिनु हुन्न भन्ने मानसिकता पनि फेरिनेछ र दौँघेली जनताले दौँघामा स्थानिय उत्पादन लाई प्राथमिकता राखेर होमस्टेको व्यवस्थापन गर्न सके आन्तरिक र वाह्य पर्यटकलाइ पनि तान्न सक्नेछ ।
फेरी दौँघाकै बारेमा नया गीत लेखिनेछ 
दौँघा गाउँमा 
मै चिठी पठाम्ला तिम्रै नाउँ मा ।


  • सम्बन्धित विषय:

  • # गुल्मी

  • लुम्बिनी चिन्तन

    थप समाचार