भैरहवा । मंगलबार रुपन्देहीमा ९ हजार जनाले कोरोना भाइरस विरुद्धको खोप (भेरोसेल) लगाएका छन । चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज भेरोसेल खोप मंगलबार देशव्यापी रुपमा विभिन्न उमेर समूहलाई लक्षित गरी लगाउन सुरु गरिए सँगै रूपन्देहीमा ६९ वटा खोप केन्द्रबाट ८ हजार ९ सय ९८ जनाले खोप लगाएका हुन ।
६२ देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रा जिल्ला भित्र रहेका १६ पालिका ६९ खोपकेन्द्र लगाइएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जानकारी दिएको छ । कार्यालयका प्रमुख डा राजेन्द्र गिरीका अनुसार सबै भन्दा बढि तिलोत्तमा नगरपालिकामा ९६ दशमलव १६ प्रतिशत लक्षितले खोप लगाएका छन १६१४ लक्ष्य रहेको तिलोत्तमामा १५५२ जनाले खोप लगाए । त्यस्तै बुटवल उपमहानगरपालिकमा ९३ प्रतिशतले खोप लगाएका छन २२८१ लक्ष्य रहेको बुटवलमा २१३० जनाले खोप लगाए ।
देवदहनगरपालिकामा८ सय ५६लक्ष्य भएपनि ६सय ७ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १४सय ५४ लक्ष्य भएपनि २सय ४६ जनाले खोप लगाएका छन ।
सैनामैना ९सय १५ लक्ष्य मध्ये ९सय १५ जनाले खोप लगाएका छन । सिद्धार्थनगरपालिकामा ७सय ९७ यस्तै गैडहवामा २सय २८, कञ्चनमा ३सय ५९ कोटहीमाई गाउँपालिकामा ६१ मर्चबारी गाउँपालिकामा ८९ मायादेबि गाउँपालिकामा ३ सय १३ ओमसतियामा ४सय १५ रोहिणीमा ३सय८८ सम्मरीमाईमा ८८ सियारी गाउँपालिकामा३सय ९० शुद्धोधनमा ४सय ११ गरि जम्मा ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाएका छन ।
जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य भएपनि समग्रमा ६४ प्रतिशत अर्थात ८ हवार ९ सय ९८ जनाले खोप लगाएका हुन । मधेशी समुदायको बाहुल्यता रहेको गैडहवा, कोटहीमाई, लुम्बिनी सास्कृतिक, मर्चवारी, सम्मरीमाई गाँउपालिकामा भने ४० प्रतिशत भन्दा कमले खोप लिएका छन । मंगलबारको खोप अभियानमा ९ हजार भाइल खोप खर्च हुदा २ वटा खोप मात्र खेर गएको छ अहिले खोप खेरजाने संख्या न्युन रहेको डा गिरीले बताए ।

स्थानीय तहको स्वास्थ्य शाखासँग समन्वय गरी यो खोप तोकिएको खोप केन्द्रबाट लगाइएको हो , स्वास्थ्य प्रमुख गिरीले भने नगरपालिकामा र धेरै गाउँपालिकामा उत्साह जनकरुपमा खोपलगाएका छन भने केहि गाउँपालिकामा निकै कम खोप लगाएको बताए । पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप १ दिनको लागीमात्र लगाईने कार्यक्रम रहेको प्रमुख गिरीले बताए ।
मंगलबार काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखाले जानकारी दिएको छ ।
पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई अनुदानमा १८ लाख डोज खोप दिएको छ ।