Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा बुधबार दश प्रतिशतमा काेराेना संक्रमण


  • लुम्बिनी चिन्तन
  • जेठ २६, २०७८ बुधवार
  • 810
    SHARES

रुपन्देहीमा बुधबार दश प्रतिशतमा काेराेना संक्रमण

भैरहवा ।  रुपन्देहीमा बुधबार परिक्षण गरिएको मध्ये दश प्रतिशतमा मात्र संक्रमण रहेको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न ल्याबमा गरिएको ४९७ आर टि पिसीआर परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ जुन परिक्षणको ९ दशमलव ५७ प्रतिशत हो । 

हटस्पट जिल्लाको रुपमा रहेको रुपन्देहीमा बैशाख १६ गते देखि निषेधाज्ञा जारी भए पनि, दिनानुदिन संक्रमण थपिदै गएको छ । नया रेकर्ड बनाउदै आएको रुपन्देहीको संक्रमण भने अहिले घट्दो क्रममा छ।

पछिल्लो २४ घण्टामा २४ महिला र २४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको, १७३ जना संक्रमित निको भएको  र संक्रमित मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक हजार ७६ पुगेका छन् भने हालसम्म चार सय ५७ जना संक्रमितले ज्यान गुमाएका छन् । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार जिल्लाको सबै भन्दा बढि तिलोत्तमा र बुटवल उपमहानगरपालिकामा १३–१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सिद्धार्थनगरमा ५, देवदहमा ७, सैनामैना नगरपालिकामा ५ जनामा संक्रमित थपिएका छन । गाँउपालिका तर्फ सुद्धोधनमा ३, कंचन र ओमसतियामा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।

हालसम्मका संक्रमितहरुमध्ये ९४ प्रतिशत निको भइसकेका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने जिल्लामा ४ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।  


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार