भैरहवा । लायन्स क्लब अफ भैरहवा बोहीमिएन्सले हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ विभिन्न क्षेत्रमा पानी वितरण गर्दै आएको छ ।
कोभिड–१९ को महामारीले विश्व जगतनै तहसनहस गरेको बेला सामाजिक क्षेत्रमा काम गर्ने संस्था बोहीमिएन्स क्लबले भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज, सिद्धार्थनगर नगरपालिकाको आइशोलेशन सेन्टर, सुरक्षार्थ लागि खटिएका सुरक्षाकर्मीहरुलाई निः शुल्क पानी वितरण गर्दै आएको हो ।

क्लबका सदस्य र स्वइच्छाले सहयोग गरेको शुभेच्छुकहरुको आर्थिक सहयोगमा क्लबले जेठको ७ गतेबाट निरन्तर पानी वितरण गर्दै आएको छ, यसलाई निषेधाज्ञा जारी भए सम्मका लागि निरन्तरता दिने गरी काम गरि रहेको क्लबका अध्यक्ष कृतेश श्रेष्ठले बताए ।
सेवामा खटिएका सुरक्षाकर्मी हुन, या उपचारको क्रममा रहेका विरामी वा कुरुवा निषेधाज्ञाको समयमा पसलहरु बन्द रहेपनि पानी पिउनबाट बञ्चित नहोउन भनेर क्लबको मुल मन्त्र हामी सेवा गर्छौ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै पानी वितरण गर्दै आएको क्लबका मार्केटिङ चेयरपर्सन तथा कार्यक्रम संयोजक प्रवेश भट्टराईले बताए ।

हामी र क्लबका सचिव अभिजित भुसाल, कोषाध्यक्ष सौरभ थापा सदस्यहरु रुपेश थापा, अशिष पन्थी, लगायतको टिम आफै खटिएर सेवा गरिरहेका छौ ।महामारीको समयमा पनि जोखिम मोलेर काम दैनिक रुपमा करिब २५ पेटी पानी वितरण भइरहेको छ, आज बिहीबार २० ओँ दिन हो हाम्रो सेवा निरन्तर जारी रहेको कार्यक्रम संयोजक भट्टराईले भने ।
आगामी दिनमा पनि कुनै पनि विपत्ति वा महाविपत्तिको सबै जना मिलेर डटेर सामाना गर्न क्लब सदैव प्रतिवद्ध रहेको क्लबले जानकारी दिएको छ । क्लबले यस कार्यमा सहयोग गर्न सबैमा अनुरोध पनि गरेको छ ।