कृष्ण अन्जान / रुरु । युवाहरुमा जोश त हुन्छ नै तर जब जोशमा होस थपिन्छ तब युवाहरु झनै जिम्मेवार बन्छन ।
रुरुक्षेत्र गाउँ पालिकाको वडा न १ रिडीमा रहेको रुरु प्राथमिक यतिबेला जोश सँगै होस सम्हालेका युवा डाक्टर विकाश पन्थी कार्यरत हुनुहुन्छ । धेरै लामो समय भएको छैन रुरु प्राथमिक स्वास्थ केन्द्रको प्रमुखको पद सम्हालेको तर यति बेला डाक्टर विकास पन्थीको चर्चा यो क्षेत्रमा छ ।
रुरुक्षेत्र गाउँ पालिकामा करिब २० हजारको हाराहारीमा जनसंख्या छ सँगै यो क्षेत्र वरिपरि पाल्पाको अर्गली कुसेनी स्याङ्जाको कालिगण्डकी रुरुक्षेत्र नजिकैको सत्यवति र पाल्पाको रैनादेवि गाउँ पालिका र क्षत्रकोट गाउँ पालिकाको रिडीखोला को तटिय क्षेत्रका हजारौं जनता थपिँदा करिब पचास हजार भन्दा बढिको जन स्वास्थको आशाको केन्द्र रुरु प्राथमिक स्वास्थ केन्द्र हो ।
यतिबेला नयाँ भेरियन्ट सहितको कोभिडको सँक्रमण छ रुरु स्वास्थ्य केन्द्र मा अरु रोगका दैनिक एक सय भन्दा बढिको स्वास्थ्य जाँच हुन्छ र यो जाँचको जिम्मा एक्ला डाक्टर विकासको काँधमा छ । आम जनसनुदायको स्वास्थ जाँच परामर्श र अौषधोपचार हाम्रो जिम्मेवारी हो र आफ्नो जिम्मेवारी बहन गर्दा मलाई थकाई लाग्दैन डाक्टर विकास पन्थी भन्नु हुन्छ । रुरु स्वास्थ केन्द्र बाट इमर्जेन्सी सेवा ,रात्रिकालिन इमर्जेन्सी सेवा ,एक्सरे, भिडियो एक्सरे लगाएतका सेवा हरु प्रदान गरिन्छ र सबै मा एक्ला डाक्टर विकास पन्थीको सकृयता बढि छ ।
करिब पन्द्र जना स्टाफको परिचालन ,प्रशासनिक काम , बिरामी जाँच ,तर डाक्टर पन्थी मानवको रुपमा मशिन हुनुहुन्छ ।
पछिल्लो चरणमा नयाँ भेरियन्ट सहितको कोभिड सँक्रमणले रुरु स्वास्थ केन्द्रलाई नया जिम्मेवार थपेको छ ।रिडीको रातामाटामा स्थापित आइसोलेसन सेन्टरको व्यवस्थापन सँगै अक्सिजन र उपाचारको जिम्मेवारी पनि डाक्टर विकास पन्थी माथि छ ।
आईसोलेसनमा आउने बिरामीका लागि अक्सिजनको जोहो गर्न डाक्टर विकास पन्थीको कृयाशिलता पनि उदाहरणीय छ ।
मुख्यतया रिडी बजारका सामाजिक अभियन्ता हरुको सकृयता र विभिन्न सँघ सँस्था राजनीतिक व्यक्तित्व हरुको पहल र सहयोगले आइसोलेसन व्यवस्थापन र अक्सिजन आपुर्ति मा धेरै सजिलो भएको डाक्टर पन्थीको भनाई छ ।
रुरु स्वास्थ केन्द्रले यतिबेला एक सय सत्तरी प्रकारका आौषधि हरु बितरण गर्दै आएको छ स्वास्थ विमा कार्यक्रमका कारण पनि बिरामीको चाँप बढेको पाइन्छ ।
रुरु स्वास्थ केन्द्र बाट अत्याधुनिक सेवाका प्रदान गर्ने लक्ष अनुरुप डिजिटल एक्सरे मशिन र कलर डोप्लर अल्ट्रासाउन्ड मशिन जडानको तयारीमा रहेको डाक्टर पन्थीले बताउनु भयो ।
स्वाच्छ सफा अस्पताल र छरितो स्वास्थ सेवा सँगै गुनासो रहित व्यवहार आफ्नो पहिलो प्राथमिकता रहेको युवा डाक्टर पन्थीको बनाई छ ।