भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनाको कोरोना परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको छ । हिजो मात्र १० प्रतिशत रहेको संक्रमण आज बढेर ३९ प्रतिशत पुगेको छ । संक्रतिको संख्यामा गिरावट आए पनि निको हुने संख्या पनि अन्य दिनको तुलनामा आज कम रहेको छ । जिल्ला भरबाट पछिल्लो २४ घण्टामा ५२ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १७ जना, देवदह नगरपालिकामा १० जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सम्मरीमाई गाउँपालिकामा ६ जना, सैनामैना नगरपालिकामा ३ जना, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, कोटहिमाई गाउँपालिकामा २२ जना र मर्चवारी गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ५६३ पुगेको छ । जसमध्ये २६ हजार १० जना निको भएका छन ।
हाल जिल्लामा १ हजार ९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६२ पुगेको छ ।
रुपन्देहीका संक्रमित मध्ये हाल ११० जना अस्पतालmमा २५ जना आइसियुमा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेको जिल्ला प्रशासन कार्याल रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार आज मात्रै आइसियु र भेन्टिलेटरमा १–१ जना र अस्पतालबाट ३ जना घटेका छन । कार्यालयका अनुसार ७१६ जना होम आइशोलशनमा छन ।