भैरहवा । मर्चवारमा फेरी अर्को शिलालेख तोड फोड भएको छ । गत फागुन ७ गते सम्मरीमाई गाउँपालिका वडा नं. ७ र लु.स.न.पा वडा नं.२ लाई जोडने लम्तिहवामा निर्मित पुलको शिलालेख उद्घाटन उद्घाटन गर्नु भन्दा अगावै तोडफोड गरेर गायब पारिएकोे थियो भने ४ महिना नपुग्दै जेठ २७ गते हिजो फेरी अर्को शिलालेख तोडफोड भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको झुलुङ्गे पुलमा लगाइएको शिलालेख चोरी भएपछि रिबन काटेर पुलको उद्घाटन गरेका थिए भने हिजोको पुलको उद्घाटन प्रमुख अतिथी उपस्थित नभएपछि गाँउपालिका अध्यक्ष स्वयमले उद्घाटन गरेका छन ।
मर्चवारी–७ मन्झरीयामा बनेको झोलुङ्गे पुलमा राखिएको शिलालेख गाउँपालिका उपाध्यक्ष सुनिता कलवारले शिलालेख तोडफोड गरेकी छन् । गाँउपालिका अध्यक्ष केशबनन्द बनिया र उपाध्यक्ष कलवार विच खटपट भएको बेला २०७७ माघ ८ गते शिलान्यास भएको थियो । शिलान्यास भएपनि उक्त पुलको शिलालेखमा पछि आफ्नो नाम सहितको शिलालेख राख्ने भनेपनि उद्घाटनको दिन सम्म पनि उक्त शिलालेखमा आफ्नो नाम नराखेकोले उपाध्यक्ष कलवारले तोडफोड गरेकी छन ।
मर्चवारी गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको संयुक्त लगानीमा बनेको झोलुङ्गे पुलको बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन कार्यक्रम तय भएको थियो । उद्घाटनको समय १ बजे भएपनि अबेर सम्म मन्त्री नआएपछि ३ बजे गाँउापलिका अध्यक्ष बानियाले पुलको उद्घाटन गरेका थिए । स्रोतका अनुसार मन्त्री पाण्डेय कार्यव्यवस्थाका कारण आउन नसकेको भनेपनि यस्को मुख्य जरो विवादित स्थल रहेको मन्त्री पाण्डेय उद्घाटन सभामा नपुगेका हुन । साना साना कार्यक्रममा पुग्ने हालका मन्त्री पाण्डेय यसअघि मन्त्री भएर मर्चवार जादा पनि कालो झण्डा देखाएर विरोध गरेकोले पनि शिलान्यास कार्यक्रममा उपस्थित नभएका हुन ।
कार्यक्रमस्थल विवादित भएपछि औपचारिक उद्घाटन कार्यक्रम समेत स्थगित भएको थियो । उपाध्यक्ष कलवारले ‘झोलुङ्गे पुल सबै जनप्रतिनिधिको सहयोगमा बनेकोले उपाध्यक्षको नाम किन नराखिएको भन्दै आक्रोशित भएकी थिइन् ।
अनुगमन समितिको संयोजक समेत रहेकी कलवारले शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र सदस्यको नाम राखियो, त्यसको साथै उपभोक्ता समितिका अध्यक्षको नाम राखियो तर मेरो नाम नराखिएकोले विरोध स्वरुप यस्तो कार्य गरेको बताइन ।
उनले महिलालाई सम्मान गर्नुपर्नेमा केवल कागजमा मात्रै सीमित गरिएको छ, ‘म अनुगमन समितिको संयोजक हुँ, तर उद्घाटनबारे मलाई जानकारी गराइएन तर शिलालेख नाम नहाल्नु मेरो अपमान गर्नु हो । ’
यता गाँउपालिका अध्यक्ष बानियाले शिलान्यास कार्यक्रममा उपाध्यक्षको उपस्थिती नभएकोले शिलान्यासको शिलालेखमा कसरी उहाको नाम राख्ने, कार्यक्रममा विरोध जनाउने अनि नाम खोजेर हुन्छ बानियाले भने
‘यस्तो कार्य विभिन्न क्षेत्रमा हुने गर्दछ, स्थानीय पालिकामा पनि यस्तो विवाद भइरहन्छ ।’धेरै जनप्रतिनिधि भएको गाउँपालिकामा सबैको नाम शिलालेखमा राख्न सम्भव नभएको बानियाले भने बताए । अहिलेको विवादलाई हल गर्न तत्काल मार्करबाट उपाध्यक्षको पनि नाम लेखिएको उनको भनाइ छ । पुनःअर्को शिलालेखमा उपाध्यक्षको पनि नाम समेटिने गरी शिलालेख बनाउने प्रयास गर्ने अध्यक्ष बनियाले जानकारी दिए ।
नाम नभएपछि उपाध्यक्ष कलवारले ढुङ्गाले शिलालेखमा क्षति पु¥याएकी थिइन । उनलाई सुरक्षाकर्मीले रोकेपछि शिलान्यासको शिलालेख पूर्ण रुपमा क्षति हुन सकेन, उद्घाटनको शिलालेख भने सुरक्षित रहेको छ, शिलालेखमा सन्तोस पाण्डेयको नाम रहेको पुलको उद्घाटन रिबन काटेर करिब ३ बजे गाँउापलिका अध्यक्षले गरेका थिए ।