भैरहवा । रूपन्देहीमा तीन दिन चलेकाे खोप कार्यक्रममा लक्षित समुहका १२ हजार २ सयले कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज भेरोसेल खोप मंगलबारदेखि देशव्यापी रुपमा विभिन्न उमेर समूहलाई लक्षित गरी लगाउन सुरु गरिएकाे थियाे । रूपन्देहीमा ६९ वटा खोप केन्द्रबाट ८ हजार ९ सय ९८ जनाले खोप लगाएका छन ।
६२ देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रा जिल्ला भित्र रहेका १६ पालिका ६९ खोपकेन्द्र लगाइएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जानकारी दिएको छ । खोप कार्यक्रम अन्तर्गत लक्षित समुहका करिब ९० प्रतिशतले कोभिडविरुद्धको भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।
जिल्लाका १६ स्थानीय तहका ६९ वटा खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ९० प्रतिशतले पहिलो मात्राको भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए । रुपन्देहीमा कुल १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा करिब १० प्रतिशत खोप लगाउन बाँकी रहेको र आज भोलिमा लगाउने कार्यक्रम रहेको डा. गिरीले बताए ।