Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा आज ४४ जनामा संक्रमण, १४३ जना निको भए


  • लुम्बिनी चिन्तन
  • जेठ २८, २०७८ शुक्रवार
  • 1.8K
    SHARES

रुपन्देहीमा आज ४४ जनामा संक्रमण, १४३ जना निको भए

भैरहवा ।  रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ३०६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रतिको संख्यामा गिरावट आए पनि निको हुने संख्या पनि अन्य दिनको तुलनामाकमी छ ।  जिल्ला भरबाट पछिल्लो २४ घण्टामा १४३ जना मात्रै निको भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै सैनामैना नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपवमहानगरपालिका र देवदह नगरपालिकामा ७–७  जना र लुम्बिनी सास्कृतिक नगरपालिकमा १ जनामा संक्रमण देखिएको छ । 

यस्तै सियारी, गैडहवा, शुद्धोधन र सम्मरीमाई गाँउपालिकामा १–१ जना पुरुष संक्रमित थपिए पनि अन्य पालिकाहरुमा संक्रमितको संख्या शुन्य छ । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ६सय ७ पुगेको छ । जसमध्ये २६ हजार एक सय ५३ जना निको भएका छन ।

हाल जिल्लामा ९ सय ९२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।  जसमध्ये १५२ जनामा लक्षण देखिएकोले विभिन्न अस्पतालमा उपचाररत छन  भने ८ सय ४० जना होम आइशोलेशनमा रहेका छन ।  

रुपन्देहीका संक्रमित मध्ये ६ जना भेन्टिलेटरमा, २७ जना आइसियुमा र ११२ जना कोभिड अस्पतालमा उपचाररत रहेको रहेको जिल्ला प्रशासन कार्याल रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार आज मात्रै आइसियु र अस्पतालमा २–२ जना  थपिएका छन भने भेन्टिलेटरमा उपाचाररत एक जना घटेका छन ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार