Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेसिआई सिद्धार्थको खाना वितरण २४ औँ दिन पनि जारी


  • लुम्बिनी चिन्तन
  • जेठ २९, २०७८ शनिवार
  • 1.3K
    SHARES

जेसिआई सिद्धार्थको खाना वितरण २४ औँ दिन पनि जारी

भैरहवा । कोरोना माहमारीलाई मध्यनजर गर्दै खाना खुवाउन सुरु गरेको जेसिआई सिद्धार्थले आज २४ औँ दिन पनि अभियानलाई निरन्तरता दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि उपचारररत विरामी र कुरुवाहरुकाे सहजताका लागि खाना वितरण गर्दैै आएको छ । 

मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको मूल मन्त्र लाई अंगिकार गर्दै जेसिआई सिद्धार्थले जेठ ६ गतेबाट खाना खुवाउने अभियान सुरुवात गरेको हो । दैनिक रुपमा १ सय ५० देखि २ सयका दरले विरामी र कुरुवाहरुलाई सामाजिक दुरि र स्वास्थ्य मापदण्डमा रहेर शुद्ध शाकाहारी खानाको व्यवस्थापन गर्दै आएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । 

संस्थाले युनिभर्सल मेडिकल कलेजमा सांझ निरन्तर खाना वितरण गर्दे आएको छ, यस अघि बसपार्कमा रहेको आइसोलेशनमा बिहान सांझ खाना वितरण गर्दै आए पनि आइशोलेशन सेन्टरमा विरामीहरु नभएकोले अहिलेलाई केही समय रोकिएको कार्यक्रम संयोजक कमल जि.सी.ले बताए । शुक्रबार मात्रै १८० जनालाइ खाना वितरण गरिएकाे थियाे । निषेधाज्ञा जारी हुदा सम्म याे अभियान निरन्तर चल्ने कार्यक्रम संयोजक  जि.सी.ले भने ।

खाना वितरण कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्षहरुका साथै संस्थाका शुभेच्छुकहरुको साथ र सहयोग गरेका छन ।


लुम्बिनी चिन्तन

थप समाचार