कपिलवस्तु । कोभिडको महामारीमा कोरोना संक्रमित लगायतका बिरामीहरुको उपचारमा सहजताकालागि कपिलवसतुको महाराजगंज नगरपालिकाले एकै पटक २ वटा एम्बुलेन्स खरिद गरी ल्याएको छ । यससंगै पालिकामा एम्बुलेन्सको संख्या चार पुगको छ ।
दोश्रो चरणको कोरोना महामारीका बिच नगरपालिकाले ग्रामीण भेगका जनतालाई मध्यनजर गर्दै सो एम्बुलेन्स ल्याएको हो । पालिकामा एम्बुलेन्स नहुदा कोरानो संक्रमित बिरामीहरुलाई ल्याउन लैजान अप्ठेरो परेकाले आफुहरुले एम्बुलेन्स ल्याएको मेयर अब्दुल कलाम खाले बताए । उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाइै प्राथमिकतामा राखेको भन्दै पालिकामा अस्पताल निर्माण, थप स्वास्थ्य सामाग्री खरिद, स्वास्थ्य संस्थाको पुर्वाधार विकास गर्दै लाने बताए ।
यसै बिच कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १० हरदौना स्वाथ्य चौकीमा एउटा एम्बुलेन्स हस्तान्रण गरिएको छ । महाराजगन्ज नगरपालिकाले खरिद गरेको दुई एम्बुलेन्स मध्ये एक एम्बुलेन्स हरदौना स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो । नगर प्रमुख कलामले हरदौनाका वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।
हरदौनाका नागरिकको स्वास्थ सेवा पहुच पुर्याउन एम्बुलेन्स हस्तान्तरण गरिएको महाराजगन्ज नगरपालिकाको उपप्रमुख शुभावती कुर्मीले बताईन । एम्बुलेन्सले हरदौना क्षेत्रका सबै नागरिक लाभान्वित हुने उपप्रमुख कुर्मीले बताईन ।महाराजगन्ज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलले चालु आर्थिक बर्षकबालागि बिनियोजित बजेटबाट एम्बुलेन्स ल्याइएको बताए ।