कपिलवस्तु । ‘ सामाजिक कामकालागि हाम्रो अभियान, जहा दुःख त्यहा पुग्छ नेबि संघ र तरुण दल ’ भन्ने नाराकासाथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित आगलागीबाट घरबारबिहीन भएका एक बिपन्न परिवारलाई ईटाजस्तापाता सहीत निर्माण सामाग्री खाद्यान्न र लत्ताकपडा उपलबध गराइएको छ ।
तरुण दल कपिलवस्तु र नेबि संघले संयुक्तरुपमा पटनाको सोनपुरक बिपन्न परिवार प्रदीप कोहारलाई सो सामाग्री घर मै पुगी हस्तान्तरण गरिएको हो । ईटा जस्तापाता लगातयतका निर्माण सामाग्री चामल दाल नुन तेल, आटा नुन सर्फ सावनु, ड्रेस लगायतका गरी करिब ढेड लाख मूल्यका सामागी प्रदान गरिएको हो । तरुणका जिल्ला सभापति शक्ति सिंह ठकुरी र संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगायतका टोली ती बिपन्न परिवारलाई सामाग्रही हस्तान्तरण गरेका थिए ।
संघ र तरुण दलमा आबद्ध रहेको बिभिन्न ८ जनाले सो सामाग्रीकालागि सहयोग गरेका थिए । तरुण दलका जिल्ला सभापति ठकुरीले आफुहरुले बिपन्न परिवारकालागि घर निर्माणमा सहयोग गर्ने अभियान चलाएको बताए । दुःखमा परेका बिपन्न परिवारलाई सहयोग गर्न आफुहरुले बिभिन्न काम गरीरहेको बताए । ‘ हक अधिकारकालागि राजनीति गर्ने नारा जुलु गर्ने मात्र होईन, सामाजिक उत्तरदायित्व बोक्दै हामी गरीब र बिपन्नको घर घरमा पुग्ने अभियानमा छौ ’ उनले भने ।
क्षेत्रीय सभापति पोख्रेलले आफुहरुले बर्षो देख चिलाएको अभियानले नेबि संघ र तरुण दल बिपन्न परिवारको सुख दुःखको साथी बन्दै गएको बताए । आफुहरुको अभियान राम्रो भएकाले धेरै जनाले साथ दिएको बताए । सामाग्री पाएर हर्षित भएका प्रदीपले आगलागीबाट घरबार बिहीन भएको अवस्थामा यस्तो सहयोमगा पाएकोमा आफु निकै खुशी भएको बताए ।
‘ भएको झुपडीमा आगो लागेर स्वाहा भयो अब भने टीनको घरमा बस्न पाईने भो ’ उनले भने । बषौ देखि झुपडीमा गुजारा चलाउर्दै आएका उनले तरुण दल र नेबि संघ भगवान बनेर आफनो घरमा आएको बताए । ‘ म जस्तो गरीबलार्ई सहयोग गरेर तरुण दल र नेबि संघले पुन्यको काम गरेको छ ’ उनले भने । कार्यक्रममा तरुण दल र नेबि संघका गरी दुई दर्जन बढीको सहभागीता थियो ।