भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको छ । ३१९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो भने ६८ जना संक्रमणबाट मुक्त भएका हुन ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा ४–४ जना, देवदह नगरपालिका र सियारी गाउँपालिकामा ३–३ जना, ओमसतिया गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २–२ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ६६५ पुगेको छ । जसमध्ये २६ हजार २२१ जना निको भएका छन ।
हाल जिल्लामा ९७९ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६५ पुगेको छ । हिजो रुपन्देहीमा कोरोनाको दास्रो लहर सुरु भएदेखि पहिलो पटक कोरोनाबाट कसैको पनि मृत्यु भएको थिएन ।
रुपन्देहीका संक्रमित मध्ये ४ जना भेन्टिलेटरमा, २४ जना आइसियुमा र १०८ जना कोभिड अस्पतालमा उपचाररत रहेको रहेको जिल्ला प्रशासन कार्याल रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार आज मात्रै आइसियुबाट ३ जना, भेन्टिलेटरबाट २ जना र अस्पतालबाट ४ जना घटेका छन ।