भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको पिसिआर परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा परिक्षण गर्नेका संख्यामा कमि सँगै संक्रमण संक्रमण दरमा पनि कमि आएको छ ।
आज आइतबार परिक्षणको १६ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । जिल्लामा निको हुने क्रम पनि बढेको छ । संक्रमित भन्दा निको हुनेको संख्या बढि भएकोले जिल्लामा सक्रिय संक्रमितको रेकर्ड घट्दै गएको छ । आज मात्रै १ सय १ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । पछिल्लो २४ घण्टामा मात्रै जिल्लाका ११ वटा पालिकामा १३ महिला र ३२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार कोटहीमाई, शुद्धोधन, कंचन , रोहिणी र मर्चवारी गाँउपालिका बाहेकका सबै स्थानीय तहमा संक्रमीत थपिएका छन ।
कार्यालयले दिएको तथ्याङक अनुसार जिल्लामा ३ जना संक्रमितको मृत्युसँगै हाल सम्म कुल ४६८ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि सैनामैनामा १७ जना पुरुष रहेका छन । त्यसतै तिलोत्तमा ९, बुटवलमा ५, देवदहमा ३, सिद्धार्थनगरमा २, लुम्बिनी सास्कृतिक नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सियारी, सम्मरीमाई र मायादेवी गाउपालिकामा २–२, ओमसतिया र गैडहवामा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।
कार्यालयका अनुसार हाल सम्म २७ हजार ७ सय १० जना संक्रमित जिल्लाभरि देखिएकोमा २६ हजार३ सय २२ जना निको भइसकेका छन ।
यस्तै सक्रिय संक्रमित ९ सय ३३ जना मध्ये १३० जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ७ सय ९० जना होम आइशोलशनमा उपचाररत रहेका छन । समग्रमा संक्रमित मध्ये ९५ प्रतिशत निको भएका, ३ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मात्रै मृत्यु भएको छ ।