Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सामुदायिक विद्यालयमा भर्ना गर्न अनेरास्ववियुको माग  


  • लुम्बिनी चिन्तन
  • जेठ ३१, २०७८ सोमवार
  • 736
    SHARES

सामुदायिक विद्यालयमा भर्ना गर्न अनेरास्ववियुको माग  

कृष्ण अन्जान /रुरु । सामुदायिक विध्यालय हरुमा सरकारी तलब भत्ता खाने शिक्षक शिक्षिका ,नीति निर्माण गर्ने जन प्रतिनिधि र राष्ट्र सेवक कर्मचारीका छोरा छोरीलाई भर्ना अभियान पुर्ण रुपमा कार्यान्वयन गरिनु पर्नेमा अनेरास्ववियुले जोड दिएको छ ।

सोमवार आफ्नो ज्ञापन पत्र सहित रुरुक्षेत्र गाउँ पालिका कार्यालयमा पुगेको अनेरास्ववियुको टोलीले गाउँपालिकाका अध्यक्ष समक्ष ज्ञापन पत्र पेश गरेको हो ।

ज्ञापन पत्रमा भनिएको छ बिगतमा अनेरास्ववियु र गाउँ पालिका बिच सामुदायिक विध्यालय का शिक्षक शिक्षिका ,जन प्रतिनिधि र राष्ट्र सेवक कर्मचारी का छोरा छोरीलाई सामुदायिक विध्यालयमा भनागर्ने सहमति भएपनि यो माग पुर्ण कार्यान्वयन भएको नपाईएकाले अनेरास्ववियुले पुन गाउँपालिकालको ध्यानाकर्षण गर्न चाहन्छ र यदि आफ्नो माग पूरा नभए आन्दोलन मा जान अनेरास्ववियु वाध्य हुने छ ।

अखिलको श्रृँगेश्वर क्याम्पस कमिटीका अध्यक्ष उदय शर्मा ज्ञवाली र सचिव विकास ज्ञवाली को हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ राज्यले सामुदायिक विध्यालयको भौतिक सँरचना निर्माण शिक्षक दरवन्दि अन्य शैक्षिक विकास का साथै साना नानि बाबुको दिवा खाजामा ठुलो लगानी गरेपनि शेक्षिक गुणस्तरीयता आउन नसकेको र यसवारेमा गम्भीर बन्न समेत सरोकारवाला हरुलाई आह्वान समेत गरिएको छ ।

कोभिड ज्ञढ को विषम परिस्थिति गाउँ पालिकाले वैकल्पिक माध्यमबाट पठन पाठन सँचालन गरेकोमा गाउँ पालिका लाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक क्षेत्रमा गरिने हरेक गतिविधिहरुमा सरकार र स्थानिय तहलाई साथ दिन समेत अनेरास्ववियु सधै तयार रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउन अनेरास्ववियु श्रृङ्गोश्वर क्याम्पस कमिटिका  पदाधिकारी ,जिल्ला कमिटीका सदस्य हरु गाउँ पालिकामा उपस्थित भएको टोलीमा सहभागी विध्यार्थी रन्जित ज्ञवालीले जानकारी दिनु भयो ।

ज्ञापनपत्र बुझ्दै रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले आफ्नो तर्फबाट अनेरास्ववियुको ध्यानाकर्षण बारे आवस्यक कार्यान्वयनमा पहल गर्ने बताउनु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार