Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल भारत मैत्री संघद्वारा ६० परिवारलाइ राहत प्रदान


  • लुम्बिनी चिन्तन
  • जेठ ३१, २०७८ सोमवार
  • 928
    SHARES

नेपाल भारत मैत्री संघद्वारा ६० परिवारलाइ राहत प्रदान

भैरहवा । नेपाल भारत मैत्री संघ बेलहिया उप–शाखा, रुपन्देहीले सीमाक्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

कोभिड माहामारीको नियन्त्रणका लागि स्थानिय प्रशासनले गरेको निषेधाज्ञाका कारण दैनिक रोजगारी गुमाएका  ६० जना विपन्न तथा मजदुरहरुको परिवारलाई खाध्यान्न वितरण गरिएको संघको कार्यालयले जनाएको छ ।

नेपाल भारत सीमाक्षेत्रमा दैनिक मजदुरी गर्नेहरुको परिवार लाई दैनिकी चलाउन समस्या परेको खवर थाहापाएपछि केहि दिनको राहत सामाग्री वितरण गरिएको उप–शाखा बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ताले जानकारी दिए । 

खाध्यान्न वितरण कार्यक्रममा प्रमुख अतिथि मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालको,  विशिष्ट अतिथि मैत्री संघका धकधई उप–शाखाका अध्यक्ष बेचन कान्दुको आतिथ्यता रहेको उप–शाखाका सल्लाकार सुरेन्द्र क्षेत्रीले जानकारी दिए ।

उप–शाखा बेलहियाका उपाध्यक्ष माधव शर्मा, कोषाध्यक्ष चण्द्रीकामणी त्रिपाठी, सल्लाहकारहरु  दुर्गा  क्षेत्री, पशुपती कान्दु, किशोर जोशी,  सदस्यहरु एजाज वारिस, हरेराम कलवार, व्यवसायी राजेश जयसवाल लगाएले उपस्थित रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार