Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सामाजिक उत्तरदायित्व बहन गर्दै सिजि 


  • लुम्बिनी चिन्तन
  • जेठ ३१, २०७८ सोमवार
  • 1.2K
    SHARES

सामाजिक उत्तरदायित्व बहन गर्दै सिजि 

बुटवल । दोस्रो चरणको कोभिड संक्रमणमा संक्रमितमा अक्सिजन अति आवश्यक देखियो । अक्स्जिन अभावकै कारण धेरैले ज्यान गुमाए । यस्तो बेला ब्यवसायिक घराना सिजि फुड्स ईन्टरप्राईजेज प्रालि, कर्णाली प्रदेशले सामाजिक उत्तरदायित्व अन्तरगत अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रम जारी राखेको छ ।

सोमबार बासगढी स्वस्थ्य केन्द्रलाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच प्रालिको बर्दियाका कम्पनी प्रमुख राजिवसिह राजपुत, बासगढी नगरपालिकाका नगरप्रमुख शालिक राम अधिकारी, ईलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख बिरेन्द्र सिह थापाले जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीमार्फत सामग्री हस्तान्तरण गरेका हुन । 

कार्यक्रममा प्रालिका बर्दिया कम्पनी प्रमुख राजिवसिह राजपुतले चौधरी फाउण्डेसन ब्यवसायसंगै विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको बताए । दोस्रो चरणको संक्रमणमा अक्सिजन अभाव देखिएको बेला सिजिमार्फत देशभरका सात प्रदेशका स्वस्थ्य क्षेत्रमा स्वस्थ्य सामग्री हस्तान्तरण अघि बढाएको उनले बताए । सिजिमार्फत देशभरका विभिन्न स्वस्थ्य केन्द्रहरुमा स्वस्थ्य सामग्री हस्तान्तरणको काम भैरहेको उनले बताए । 

जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले महामारीको वर्तमान समयमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए । अक्सिजन चरण अभावका कारण धेरैको ज्यान गएको स्मरण गर्दै पछिल्लोसमय स्थिति नियन्त्रणमा आएको उनले बताए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, नगर स्वस्थ्य प्रमुख गीता घिमिरे, वडा नं. ३ का वडाअध्यक्ष प्रेम पौडेल, स्थानिय युवा क्लबका अध्यक्ष विकास सुवेदीले कोभिडको विपदमा समेत सहयोग अगाडी बढाएकोमा सिजि परिवारप्रति आभार ब्यक्त गरे ।

यसअघि सिजिमार्फत जिल्ला कार्यालयलाई १० हजार थान मास्क र सेनिटाईजर समेत वितरण गरिएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार