Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा आज सोमबार  १९९ जना संक्रमण मुक्त, ५१ जना थपिए


  • लुम्बिनी चिन्तन
  • जेठ ३१, २०७८ सोमवार
  • 1.7K
    SHARES

रुपन्देहीमा आज सोमबार  १९९ जना संक्रमण मुक्त, ५१ जना थपिए

भैरहवा । रुपन्देहीमा बिहीबार १९९ जना संक्रमण मुक्त र ५१ जना संक्रमित थपिएका छन । जिल्ला भरीका २४० जनाको आररटीपसिीआरबाट परिक्षण गर्दा २१ दशमलव ३ प्रतिशत अर्थात ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

छिल्लो २४ घण्टामा जिल्लाका १० वटा पालिकाका २६ महिला र २५ पुरुषमा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार सबै भन्दा बढि बुटवल उपमहानगरपालिकामा १० महिला र १२ पुरुष गरी २२ जनामा संक्रमण देखिएको छ ।  त्यसतै तिलोत्तमामा १३ जना, देवदह नगरपालिकामा ५ जना, कंचन र शुद्धोधनमा ३–३ जनामा  गैडहवा, मायादेवी, सैनमैना, लुम्बिनी र रोहिणीमा १–१ जना जना नयाँ संक्रमित थपिएका छन् । 

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ, सो मृतकसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६९ पुगेको छ ।  हाल सम्म २७ हजार ७ सय ६१ जना संक्रमित जिल्लाभरि देखिएकोमा २६ हजार ५ सय २१ जना निको भइसकेका छन ।

यस्तै सक्रिय संक्रमित ७ सय ७१ जना मध्ये १२८ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन । बाकी ६ सय ४३  जना होम आइशोलशनमा रहेका छन । समग्रमा संक्रमित मध्ये ९५ प्रतिशत निको भएका, ३ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने २ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार